दोस्रो चरणको मतदान जारी
काठमाडौं— नेपाली कांग्रेसको नेतृत्व चयन गर्नका लागि दोस्रो चरणको निर्वाचन प्रारम्भ भएको छ । पहिलो चरणमा सभापतिका उम्मेदवारहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेल तथा कृष्ण सिटौलामध्ये कसैले पनि स्पष्ट बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचनमा लागेको हो ।
सोमबार बिहान सम्पन्न मतगणनाले सभापतिका लागि कसैले पनि पर्याप्त मत ल्याउन सकेका थिएनन् । सभापतिमा शेरबहादुर देउवाले १५ सय ६४ तथा रामचन्द्र पौडेलले ११ सय ५२ मत पाएका थिए भने कृष्णप्रसाद सिटौला ३ सय २४ मत मात्र प्राप्त गरेका थिए ।
यो समाचार सामाग्री तयार पारुञ्जेल दोस्रो चरणको निर्वाचन जारी छ । काठमाडौंको राष्ट्रिय सभागृहमा जारी मतदानमा ३ हजार १ सय ६१ महाधिवेशन प्रतिनिधिमध्ये अहिले साँझ ५ बजेसम्म १७ सय बढीले मतदान गरिसकेको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् ।
मतदानका लागि दिउँसो २ देखि ५ बजेसम्म समय तोकिएकोमा केही ढिलो गरी मतदान प्रक्रिया प्रारम्भ गरिएकोले ४५ मिनेट समय थपिएको छ । मतदान केन्द्रमा शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ताहरु निकै उत्साहित मुद्रा देखिएका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...