राष्ट्रपतिको छोरीको विवाहमा पूर्व राजा सहभागि

काठमाडौं— आज सोमबार सम्पन्न भैरहेको राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको विवाहमा पूर्व राजा ज्ञानेन्द्र शाह सहभागि भएका छन् ।
राष्ट्रपति भण्डारीकी छोरी निताकुशुम तथा पूर्व राष्ट्रपति रामवरण यादवका नाति अभिशेषको विवाहमा सहभागि हुन पूर्व राजा ज्ञानेन्द्र शीतल निवास पुगेका हुन् । दिउसो साढे १२ बजे शीतल निवास पुगेका पूर्वराजाले दुलाहा–दुलहीलाई शुभकामना दिएका थिए ।
दुलाहा–दुलहीसँगै राष्ट्रपति भण्डारी तथा पूर्वराजा ज्ञानेन्द्रले फोटो खिचाएका थिए । पूर्व राजा दुलाहा–दुलहीलाई शुभकामना दिएपछि अतिथिहरुका लागि छुट्याएको स्थानमा गएर बसेका थिए । उनी पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, राप्रपा अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणा बसिरहेकै स्थानमा गएर बसेका थिए । चिया पिउदै उनीहरुसँग केही समय कुराकानी गरेका थिए ।
पूर्वराजा ज्ञानेन्द्र १० मिनेट जति विवाह स्थलमा बसेका थिए । शीतल निवासमा आयोजित विवाह समारोहमा पूर्व प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेता सहभागि छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...