भूकम्प प्रभावितहरुले निकाले र्‍याली

-- ?>

काठमाडौं- पुनर्निर्माणको कामलाई तिव्रता दिन माग गर्दै राजधानीका भूकम्प प्रभावितहरुले आज मंगलबार ललितपुरमा र्‍याली निकालेका छन् । ललितपुर उपमहानगरपालिका कार्यालय अगाडिबाट प्रारम्भ भएको र्‍याली पाटनढोका पुगेर सम्पन्न भएको थियो ।
विनाशकारी भूकम्प गएको दुई वर्ष बित्न लाग्दासमेत पुनर्निर्माण र पुनस्र्थापनाको काम नभएको भन्दै उनीहरुले तत्काल काममा तिव्रता दिन सरकारसँग माग गरेका छन् ।
भूकम्प प्रभावितहरुले जाडोको समयमा महिला, बालबालिकाको अवस्था दयनीय हुँदासमेत सरकार मुकदर्शक बनेको भन्दै राहतको व्यवस्था गर्नसमेत माग गरेका छन् ।
विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक तथा पर्यटकीय स्थलको पुनर्निर्माण गरिनुपर्ने, सुरक्षित घरबासको व्यवस्था गरिनुपर्नेलगायतका माग पनि उनीहरुले राखेका छन् ।