सन् २०१७ का लागि सेलिब्रेटीका संकल्पहरु…………..

न्यू इयर न्यू रेजुलुसन अर्थात नयाँ वर्षका लागि नयाँ संकल्प लिने प्रचलन विश्वभरी नै लोकप्रिय छ । खासगरी हलिउड तथा बलिउडका सेलिब्रेटीहरू नयाँ वर्षमा नयाँ संकल्प लिएको घोषणा गर्छन् । सेलिब्रेटीहरूले त्यसरी लिने संकल्पहरू मध्ये कतिपय पुरा पनि गर्छन् भने कतिपय अधुरै रहन्छन् । नेपालमा पनि नयाँ वर्षको अवसरमा नयाँ संकल्प लिने प्रचलन प्रारम्भ भैरहेको छ । नयाँ वर्ष २०१७ को आगमनसंगै द नेपाली टाइम्स अष्ट्रेलियाका नेपाल प्रतिनिधि कृष्ण भट्टराईले केही नेपाली सेलिब्रेटीहरूलाई उनीहरूको नयाँ वर्षको नयाँ संकल्प के छ भन्ने जिज्ञासा राखेका छन् । उनीहरूको जवाफ जस्ताको तस्तै :
प्रियंका कार्की, अभिनेत्री
वर्ष २०१७ को स्वागतका लागि म विगत एक महिनादेखि नै बेलायतमा छु । नेपाली फिल्म ‘ह्याप्पी डेज’ को छायांकनका लागि यतै छु । विदेशमा भएको मौका पारेर नयाँ वर्षको नयाँ संकल्प घोषणा गर्न पाएँ । म वर्ष २०१७ मा अझ धेरै मेहनत गरेर उत्कृष्ट फिल्महरूमा अभिनय गर्नेछु । फिल्मबाट फुर्सद भएको बेला स्वदेश तथा विदेशमा बसोबास गर्ने नेपालीमाझ पुगेर नेपाली कला प्रस्तुत गर्नेछु । मेरो कारणले कसैलाई पनि दु:ख नहोस् भन्नेतर्फ सचेत रहनेछु ।
आनन्द कार्की, गायक
नयाँ वर्ष २०१७ मा नेपाली सांगीतिक क्षेत्रमा अझ सक्रियतापूर्वक काम गर्ने संकल्प लिएको छु । वर्षमा कम्तिमा एउटा गीति एल्बम सार्वजनिक गर्ने संकल्पलाई पुरा गर्नेछु । राम्रा–राम्रा गीत गाएर दर्शक तथा स्रोताको मन जितिरहने छु । यसबाहेक मेरो देशले जति सक्दो चाँडो निकास पाओस् भन्ने कामना गरेको छु । जनताले शान्ति, सुव्यवस्था पाउन्, संविधान कार्वान्वयन होस् तथा विकास निर्माणले देशलाई अघाडि बढाउन सकियोस् भन्ने हो ।
तेन्जिङ शेर्पा, अभिनेता
नयाँ वर्षको अवसर पारेर म नयाँ व्यवसायको अध्यायको थालनी गर्ने संकल्प लिएको छु । यसका साथै अझ बढि मित्रजनहरूलाई सत्कर्ममा निस्वार्थ सहयोग गर्नेछु । चोट दिनेहरूका व्यवहारमा खोट नलगाइ टाढै बस्ने छु ।
उजन नेम्बाङ, गायक
गीत–संगति त छँदैछ बाँचुञ्जेल नै । त्यो बाहेक २०१६ मा प्रारम्भ गरेका राम्रा कार्यहरूलाई २०१७ मा पनि निरन्तरता दिनेछु । विगतका वर्षहरूमा अञ्जानमा गरेका गल्तिहरूलाई नदोहोर्याउने संकल्प पनि गर्दछु ।
रेखा पौडेल, संगीतकार
नेपाली फिल्ममा सक्रिय भएर सहभागि हुने नेपालको एक मात्र महिला संगीतकारको छविलाई अझ बढि प्रभावकारी बनाउने छु । नेपाली फिल्मका लागि कर्णप्रिय धुनहरू सिर्जना गरिरहन्छु । यसका साथै सुगम संगीतको संगीत सिर्जनालाई पनि निरन्रतता दिइरहने छु ।
अम्बिका गुरुङ, कवयित्री तथा गीतकार
सुन्दर गीतहरूको रचनालाई निरन्तरता दिइरहने छु । यसका साथै कविताहरू रचना गर्ने कार्यमा पनि सक्रिय रहने छु । बाल गीतहरूको संग्रह प्रकाशित गर्ने तयारी गर्दैछु, वर्ष २०१७ को पहिलो केही महिनाभित्रै त्यसलाई बजारमा ल्याउने छु । यसका साथै अमेरिकामा बसेर पनि नेपालमा हुने सामाजिक कार्यहरूमा सहभागिता जनाइरहने छु ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



