रहेनन् वरिष्ठ गायक पन्नाकाजी शाक्य

काठमाडौं- वरिष्ठ गायक पन्नाकाजी शाक्यको ८३ वर्षको उमेरमा काठमाडौंमा निधन भएको छ । टेकु, काठमाडौंस्थित आफ्नै निवासमा बुधवार बिहान उनको निधन भएको हो । तिरीरी मुरली बज्यो वनैमा…गीत गायक पन्नाकाजी लामो सयमयदेखि बिरामी थिए ।
१९८८ पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मिएका पन्नाकाजीले २००४ सालदेख गीत गाउन थालेका हुन् । उनले २००८ सालमा रेडियो नेपालमा पहिलो पटक गीत गाएका थिए भने २०१६ सालमा पहिलो गीत रेकर्ड गराएका थिए । २०२२ सालमा गायन प्रतियोगितामा उत्कृष्ट हुदै उनले स्वर्ण पदक समेत जितेका थिए । रेडियो नेपालमा जागिरे उनले २०४० सालपछि रेडियो छोडेका थिए ।
पन्नाकाजीको स्वरमा चार सयभन्दा धेरै गीतहरु रेकर्ड भउका छन् तर ती मध्ये करिव दुई सय गीतमात्र हाल उपलब्ध रहेको बताइन्छ ।
तिरिरी मुरली बज्यो वनैमा, किन किन तिम्रो तस्बिर मलाई निको लाग्छसहित पन्नाकाजीले गाएका थुप्रै गीतहरु लोकप्रिय छन् । तिरिरी मुरली बज्यो…गीतलाई पन्नाकाजीका गायक छोरा प्रवेशमान शाक्यले आफ्नो स्वरमा पनि रेकर्ड गराएका छन् ।
मविवि शाहको शब्दको ‘किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ गीत सबैभन्दा पहिले उनले नै गाएका हुन् । उनले रेकर्ड गरेपछि मात्र गुलाम अलिको स्वरमा उक्त गीत रेकर्ड भएको थियो ।
पन्नाकाजीका चार छोरा र एक छोरी छन् । दुई छोरा सांगीतिक क्षेत्रमा सक्रिय छन् । पन्नाकाजीको बुधबार नै अन्त्येष्टि गरिने बताइएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...