सिड्नीमा धुर्मुस सुन्तली साँझ सम्पन्न 

-- The NTA / प्रकाशित मिति : बिहिबार, माघ १३, २०७३
मानवता र सदभाबका लागि सहकार्य – राष्ट्र निर्माण तपाई हाम्रो अभियान भन्ने संदेशका साथ् काभ्रेको पहरी बस्ती, सिन्धुपाल्चोमा रहेको गिरानचौरको बस्ती निर्माण गरि स्थानीय भूकम्पपीडितलाई जिम्मा लगाई सकेका धुर्मुस सुन्तलीले अर्को तेश्रो ‘एकीकृत नमुना मुसहर बस्ती’ निर्माण कार्यको सहयोगार्थ सिड्नीमा “धुर्मुस–सुन्तली सांझ २०१७” भब्यताका साथ सम्पन्न भएको छ ।
देशको बर्तमान परिस्थिति प्रति कडा र ब्यंगात्मक प्रस्तुति प्रस्तुत गरेका धुर्मुस सुन्तलीले हामी समय परिस्थितिले जुन ठाउँमा रहे पनि देश प्रतिको प्रेममा कहिल्यै कमि न आवोस भन्दै देशको अप्ठ्यारो परिस्थितिमा सबै एकजुट हुन आह्वान गरेका थिए । धुर्मुस सुन्तलीका प्रहसनलाई हाँस्यकलाकार “बाङ्गे बुडा” ले साथ दिएका थिए भने दर्शकहरु निरन्तर तालीले साथ् दिएका थिए।  कार्यक्रममा नेपालबाट आएका गायक भारत सिटौलाले आफ्ना नयाँ र पुराना गित गएका थिए भने सिड्नीमा रहेका कलाकार गायक गायिकाहरु संजीव पराजुली, समिर आचार्य, प्रदिप चापागांई, मोकसदा शिलवालले आफ्नो प्रस्तुति  हरु दिएका थिए ।  युवा बर्ग बीच निक्कै चर्चित “द नेक्स्ट” नृत्य समुहको आकर्षक नृत्यले कार्यक्रमलाई थप रौनकता थपेको थियो।
“गजवको ईभेन्टले” आयोजना गरेको उक्त कार्यक्रममा सिड्नीबाट मात्र १७ लाख रुपैया उठेको र यो उठ्ने क्रम जारि रहेको आयोजकको तर्फबाट प्रदिप चापागाई, रोशन आचार्य र सन्दिप अधिकारीले बताए । सहयोग उठने क्रम जारि रहेको र धुर्मुस सुन्तलीको मेलबर्न र ब्रिस्बनको कार्यक्रम अनि एडेलेडको भेटघाट सकिए पश्चात अस्ट्रेलिया  बाट उठेको कुल रकम पुन जानकारी गराउने आयोजकको तर्फबाट रोशन आचार्यले बताए।
त्यसै गरि भर्खरै आयोजक प्रदिप चापागाईले जनाए अनुसार  एडेलेडका मनकारीहरु सँग धुर्मुस सुन्तलीको भेटघाट सम्पन्न भइसकेको छ। उक्त आत्मीय भेटघाट कार्यक्रमबाट धुर्मुस सुन्तली फाउन्डेसनका लागि १४ हजार ५ सय ६५ अस्ट्रेलियन डलर सहयोग जुटेको छ जुन नेपाली रुपैयाँको हिसाबले करिब १२ लाख ४५ हजार ७ सय ६० हुन आउंछ।  एडेलेडको भेटघाट पश्चात धुर्मुस सुन्तली मेलबर्नको कार्यक्रमको लागि मेलबर्न प्रस्थान गरिसकेका छन्।