मीरालाई एडभेन्चर अफ द इयरको उपाधि

काठमाडौं- अल्ट्रा म्याराथन धावक मीरा राईले नेशनल ज्योग्राफीको ‘एडभेन्चर अफ द इयर–२०१७’ उपाधि जितेकी छन् । नेशनल ज्योग्राफीले प्रत्येक वर्ष विश्वभरबाट संरक्षण, सांस्कृतिक पुनर्उत्थान, साहसिक खेल र मानवीयताका लागि उत्कृष्ट काम गरेका व्यक्तिलाई अनलाइन भोटिङ मार्फत ‘एडभेन्चर अफ द इयर’ सम्मान प्रदान गर्छ । भोजपुरमा जन्मिएकी २९ वर्षीया मीराले पारम्परिक नेपाली महिलाबाट अपेक्षा गरिने भन्दा धेरै माथिको उपलब्धि हासिल गरेको नेशनल ज्योग्राफीले जनाएको छ ।
भोजपुरको दुम्माना गाउँकी मीरा एसएलसीपछि साथीहरूको लहलहैमा १५ वर्षकै उमेरमा माओवादी लडाकू बन्न पुगेकी थिइन् । शान्ति प्रक्रिया प्रारम्भ भएपछि भएको सेना समायोजनका क्रममा उनी अयोग्य लडाकू घोषित भइन् । त्यसपछि मात्र खेलकुदतर्फ आकर्षित उनी कराते हुँदै अल्ट्रा म्याराथनमा आइपुगेकी हुन् । सानैदेखि नून, तेल, चामलको भारी बोकेर सुनसरीको चतरादेखि दुम्माना यात्रा गरेकी उनलाई पहाडको उकाली ओराली नौलो थिएन । त्यसैले पनि मीराले अल्ट्रा म्याराथनमा चाँडै प्रगति गरिन् ।
मीराले अल्ट्रा म्याराथनमा देशको प्रतिनिधित्व गर्दै थुप्रै अन्तर्राष्ट्रिय पदक जितिसकेकी छन् । दुई वर्षअघि इटालीमा भएको अल्ट्रा म्याराथन प्रतियोगितामा मीरा प्रथम भएकी थिइन्। त्यही वर्ष हङकङमा सम्पन्न स्काई रनिङ एशियन च्याम्पियनसिप ५० किलोमिटर दौडमा मीरा महिलातर्फ प्रथम भइन् । हङकङमै भएको अर्को प्रतियोगितामा उनले नयाँ रेकर्डसहित स्वर्णपदक हात पारिन् ।
गत वर्ष स्पेनमा आयोजित अल्ट्रा म्याराथनमा पनि मीरा महिलातर्फ उपविजेता बनिन् । फ्रान्समा भएको ८२ किलोमिटरको मोन्ट ब्लङ्क म्याराथनको उपाधि पनि उनले जितिसकेकी छन् ।
नेपाली महिलालाई अल्ट्रा म्याराथनमा विश्वकै उत्कृष्ट खेलाडी बनाउने सपना सँगालेकी मीराको चाहना नेपालले पनि अल्ट्रा म्याराथन रनिङ खेललाई मान्यता दिई प्रतियोगिता सञ्चालन गरोस् भन्नेछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...