धुर्मुश-सुन्तलीलाई मेलबर्न विमानस्थलमा स्वागत

यही आइतबार २९ तारिखमा थोनवरी थिएटरमा हुन गइरहेका विशेष कर्यक्रम ‘धुर्मुस सुन्तली साँझ २०१७’ मा सहभागी हुन अष्ट्रेलिया भ्रमणमा रहेको हास्यकलाकार एवं सामाजिक सेवामा नाम कमाएको जोडी धुर्मुस–सुन्तली अर्थात सिताराम कट्टेल र कुञ्जना घिमिरे आज मेलवर्न आइपुगेका छन् । उनीहरुको साथमा गायक भरत सिटौला, कलाकार दिपक आचार्य र प्रदिप चापागाई पनि मेलबर्न आइपुगेका छन् ।
मेल्वर्नको विमानस्थलमा उनीहरुलाई कार्यक्रम आयोजक कृष्ण प्रसाद न्यौपाने लगायत कार्यक्रमको मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन टिम, समुदायका केही व्यक्तित्वहरु तथा मिडियाकर्मीहरुले खादा ओढाएर स्वागत गरेका थिए । नेपाली टाइम्स् मेल्वर्नसँग कुराकानी गर्दै धुर्मुस सुन्तलीले सिड्नी र एडिलेडको कार्यक्रम एकदमै सफल भएको र मेल्वर्नमा पनि कार्यक्रम त्यस्तै भव्य हुनेछ भन्दै सबै भिक्टोरीवासीहरु लाई कार्यक्रममा आउन निमन्त्रणा दिएका छन् ।
उनीहरु मुसहर बस्ती निर्माण तथा सामाजिक सद्भावका फैलाउने हेतुले अष्टेलिया भ्रमणमा छन् । धुर्मस–सुन्तलीको जोडी आफैंमा फाउन्डेसन हुँदै विश्वभरका नेपालीको मन जितेर एकपछि अर्को परोपकारी तथा सामाजिक कार्यको उपनाम हुन पुगेका छन् । कलाकारिता बाहेक धुर्मस–सुन्तलीले गरेको परोपकारी कामको क’रा गर्ने हो भने भूकम्प गएलगतै जम्मा साढे २ महिनाको छोटो अवधिमै काभ्रेमा निर्माण गरिएको एकीकृत पहरी वस्ती धुर्मुस–सुन्तलीले पिडितलाई हस्तान्तरण गर्न सफल भएका थिए ।
काभ्रेमा निर्माण गरिएको एकीकृत पहरी वस्ती पश्चात पनि धुर्मुस–सुन्तलीको पीडितको घाउमा मल्हम लगाउने अभियान रोकिएन, खाईपाई आएको कलाकारिता पेशालाई थाँती राखेर दूधे बालकलाई अभिभावकको जिम्मा लगाएर सत्कर्ममा हिँडेका धुर्मुस–सुन्तली र शुभचिन्तकहरुको बीचबाट जन्मियो धुर्मुस–सुन्तली फाउन्डेसन । त्यहि धुर्मुस–सुन्तली फाउन्डेसनको छायाँमा बसेर देश–विदेशका शुभचिन्तकको माया, मामता, सदभाव तथा करुणाभावलाई समेट्दै राहत वितरणदेखि साना–ठूला परोपकारी काम हँुदै सिन्धुपाल्चोकको मेलम्ची–८ गिरान्चौरका ६५ भूकम्प पीडित परिवारलाई विविध पूर्वाधार सहितको एकिकृत वस्तीको अनुपम उदाहरण स्वरुप नयाँ घर हस्तान्तरण गरेका छन् ।
अब उनीहरुको लक्ष्य भनेको मुसहर बस्ती निर्माण गरेर त्यहाँको बासिन्दाहरुलाई अलिकति भएपनि राहत दिने रहेको छ । नेपाली टाइम्स्साग कुरा गर्दै उनीहरुले देश र वस्ती एकजनाले बनाएर पुग्दैन यसमा सबैजनाको हात चाहिन्छ । आफ्नो देश हामी आफैले बनाउने हो र तपाइहरुको एक डलरको सहयोगी मनले देशको एउटा गरीव को घरमा अन्न आउँछ । त्यसैले सबैजना आफैले देश विकास गर्ने अभियान मा लाग्न अनुरोध गरेका छन् ।

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

शैक्षिक परामर्श क्षेत्रमा अब्बल परिचय बनाएर अष्ट्रेलिया पढ्न आउने बिधार्थी र माइग्रेट...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...