‘अस्ट्रेलिया डे’ मा डार्विनका नेपाली चेलीहरुले स्टेज थर्काए 

-- - कृष्ण रानाभाट, डार्विन  ?>
भनिन्छ कला र संस्कृति हाम्रो पहिचानका मूल आधार हुन् । त्यस्तै देखियो २६ जनवरी अर्थात ‘अस्ट्रेलिया डे’ मा । मल्टिकल्चरल काउन्सिल डार्विनले यही २६ जनवरी २०१७ को दिन Portuyuess and Timorese Social Club Darwin मा ‘अस्ट्रेलिया डे’ विशेष कार्यक्रम OZ fusion event को आयोजना गरेको थियो ।
डार्विनमा रहेका विभिन्न समुदायको भब्य उपस्थिति रहेको उक्त कार्यक्रममा नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरी (एनएएनटी) को प्रतिनिधित्व गर्दै नेपाली दुई चेलीहरु संचिता गौतम र ग्रीष्मा तामाङ्गले नेपाली मौलिक संस्कृति झल्कने नृत्य दमदार रुपमा प्रस्तुत गरेर हलमा रहेका दर्शकहरुलाई नै मन्त्रमुग्ध पारे । ‘बसन्त नै बस्न खोज्छ’ बोलको गीतमा ग्रीष्मा तामाङ्ग र ‘कम्बरमा पटुकी मेरो’ बोलको गीतमा संचिता गौतमले नृत्य प्रस्तुत गर्दा खचाखच भरिएको हलबाट गडगडाहट तालीको आवाजले सम्मान व्यक्त गरिएको थियो । सोही अवसरमा नर्दन टेरिटोरीका Assistant Multicultural Minister Hon Kate Worden र सिटी अफ डार्विनका Lord Mayor Hon Katrlna Fong lim ले नेपाली नृत्यको प्रशंसा गरेका थिए । उनिहरुले कायर्क्रमका नेपाली कलाकार  संचिता गौतम र ग्रीष्मा तामाङ्ग सित  सामुहिक फोटो समेत खिचाएका थिए ।
कार्यक्रममा कलाकारहरुको हौसला प्रदान गर्न एनएएनटी प्रेसिडेन्ट सुदिप श्रेष्ठ, सदस्य कृष्ण रानाभाट र शिवराम पौडेल लगायत समुदायका सदस्यहरु कार्यक्रम स्थल पुगेका थिए ।