काँग्रेस पदाधिकारीको मत गणना जारी
काठमाडौं— नेपाली कांग्रेसका पदाधिकारीहरुको मत गणना पार्टी मुख्यालय सानेपामा जारी छ । मंगलबार दिउँसो २ बजेदेखि प्रारम्भ भएको मतगणना अहिले साढे पाँच बजेसम्म पनि जारी नै छ । कांग्रेस केन्द्रीय नेतृत्वमा सभापति बाहेक महामन्त्री र कोषाध्यक्ष गरी दुई पदमा मतदान भएको थियो । महामन्त्रीमा शेरबहादुर देउवापक्षबाट अर्जुननरसिंह केसी, रामचन्द्र पौडेलपक्षबाट शशांक कोइराला र कृष्णप्रसाद सिटौलापक्षबाट गगन थापा उम्मेदवार छन् । त्यस्तै कोषाध्यक्षमा देउवा पक्षबाट चित्रलेखा यादव, पौडेलपक्षबाट सितादेवी यादव र सिटौलापक्षबाट उमाकान्त चौधरी उम्मेदवार छन् । कोषाध्यक्षमा कृष्ण कार्की पनि उम्मेदवार छन् । कांग्रेस नेतृत्वका लागि आइतबार भएको मतदानमा ३ हजार १ सय ४८ जनाले मतदान गरेका थिए । सभापतिका लागि सोमबार भएको मतदानबाट देउवा सभापतिमा निर्वाचित भइसकेका छन् । केन्द्रीय सदस्यहरुको मत गणना भने बुधबार मात्रै गरिने भएको छ ।
पदाधिकारीको मत गणनाको पछिल्लो ताजा अपडेट :
महामन्त्री
अर्जुन नरसिंह केसी : ७१३ मत
शशांक कोइराला : ९७७
गगन थापा : ४०८
कोषाध्यक्ष
चित्रलेखा यादव : ९३०
सीतादेवी यादव : ९३१
उमाकान्त चौधरी : २२९
कृष्ण कार्की : ३०

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...