काँग्रेस पदाधिकारीको मत गणना जारी
काठमाडौं— नेपाली कांग्रेसका पदाधिकारीहरुको मत गणना पार्टी मुख्यालय सानेपामा जारी छ । मंगलबार दिउँसो २ बजेदेखि प्रारम्भ भएको मतगणना अहिले साढे पाँच बजेसम्म पनि जारी नै छ । कांग्रेस केन्द्रीय नेतृत्वमा सभापति बाहेक महामन्त्री र कोषाध्यक्ष गरी दुई पदमा मतदान भएको थियो । महामन्त्रीमा शेरबहादुर देउवापक्षबाट अर्जुननरसिंह केसी, रामचन्द्र पौडेलपक्षबाट शशांक कोइराला र कृष्णप्रसाद सिटौलापक्षबाट गगन थापा उम्मेदवार छन् । त्यस्तै कोषाध्यक्षमा देउवा पक्षबाट चित्रलेखा यादव, पौडेलपक्षबाट सितादेवी यादव र सिटौलापक्षबाट उमाकान्त चौधरी उम्मेदवार छन् । कोषाध्यक्षमा कृष्ण कार्की पनि उम्मेदवार छन् । कांग्रेस नेतृत्वका लागि आइतबार भएको मतदानमा ३ हजार १ सय ४८ जनाले मतदान गरेका थिए । सभापतिका लागि सोमबार भएको मतदानबाट देउवा सभापतिमा निर्वाचित भइसकेका छन् । केन्द्रीय सदस्यहरुको मत गणना भने बुधबार मात्रै गरिने भएको छ ।
पदाधिकारीको मत गणनाको पछिल्लो ताजा अपडेट :
महामन्त्री
अर्जुन नरसिंह केसी : ७१३ मत
शशांक कोइराला : ९७७
गगन थापा : ४०८
कोषाध्यक्ष
चित्रलेखा यादव : ९३०
सीतादेवी यादव : ९३१
उमाकान्त चौधरी : २२९
कृष्ण कार्की : ३०
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...