ओलीको नेतृत्वमा अन्तर्राष्ट्रिय झापाली समाज गठन

झापा जिल्ला घर भई अध्ययन, रोजगार र व्यापारको शिलशिलामा विश्वभर छरिएर रहेका झापालीहरु विच समन्वय कायम गर्दै एकजुट हुने उद्देश्यका साथ अन्तराष्ट्रिय झापाली समाज तदर्थ समिति गठन भएको छ । समितीको संयोजक पदमा अष्ट्रेलिया निवासी भवानी प्रसाद ओली सर्वसम्मत चयन हुनु भएको छ । झापाली समाज अष्ट्रेलिया, अमेरिका, जापान, कोरिया, हङकङ, कुबेत, इजरायल, युएइ, लक्जेम्बर्ग लगायत हाललाई १५ भन्दा बढी देशका अन्तराष्ट्रिय प्रतिनिधिहरूको हिजो सम्पन्न भएको पहिलो बैठकले उक्त निर्णय गरेको झापाली समाज अष्ट्रेलियाको तर्फ वाट रुपराज मैनालीले एक प्रेस विज्ञप्ती जारी गरी जनाएका छन् ।विज्ञप्तीका अनुसार ओलीलाई संयोजकमा चयन गरियोस् भनी अमेरिकाका प्रमोद सिटौलाले प्रस्ताव राखेका थिए भने उक्त प्रस्तावलाई कुमार झापाली (कुवेत), राजु थापा (कोरिया), तुलसी पाठक (जापान), खगेन्द्र सिटौला (अष्ट्रेलिया), बाल हरी राई (लक्जम्बर्ग), गणेश गौतम (इजरायल), दिनेश पोखरेल (अष्ट्रेलिया), दिपक खनाल (अष्ट्रेलिया), रूप राज मैनाली (अष्ट्रेलिया), साबित्रा लुइटेल (इजरायल), रितु राज ढकाल (इजरायल), रोहित भण्डारी (युएई), छत्र सुब्बा (हंगकंग), अर्जुन बहादुर बस्नेत (कुवेत), मणि सूबेदी (युएई), बिनोद कार्की (जापान), चुडामणी काफ्ले (जापान), रीना ओडारी (साईप्रस) लगायत उपस्थित प्रतिनिधिहरूले समर्थन गरेका थिए । झापाली समाज अष्ट्रेलियाका सचिब रूप राज मैनालीले संचालन गरेका उक्त बैठकको सहजकर्तामा दिनेश पोखरेल गरेका थिए । बैठकको अध्यक्षता ज्येष्ठ ब्यक्तित्व दिपक खनालले गरेका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...