पहिलो दिनको कमाइ

बलिउडमा यतिबेला पहिलो चलचित्रले पहिलो दिनमा कति आम्दानी गर्यो भन्ने कुराको पनि लेखाजोखा गर्न थालिएको छ । यो सूचीमा आमिर खानको भरखरै प्रदर्शन भएको चलचित्र ‘दंगल’ आठौं स्थानमा परेको छ । यो सूचीको पहिलो नम्बरमा चलचित्र ‘ह्याप्पी न्यू इयर’ छ, जसले पहिलो दिन ४४ करोड ९७ लाख भारु कमाएको थियो । दोस्रो नम्बरमा ‘प्रेम रतन धन पायो’ छ, जसले ४० करोड ३५ लाख भारु आम्दानी गरेको थियो । तेस्रो नम्बरमा परेको ‘सुल्तान’ ले ३६ करोड ५४ लाख भारुको व्यवसाय गरेको थियो । चौथो स्थानमा चलचित्र ‘धूम ३’ छ जसले ३६ करोड २२ लाख भारु कमाएको थियो । ‘चेन्नइ एक्सप्रेस’ ३३ करोड १२ लाख भारुसहित यो सूचीको पाँचौं स्थानमा छ भने ‘एक था टाइगर’ ३२ करोड ९३ लाख भारु सहित छैटौं स्थानमा छ । ‘सिंघम रिटन्र्स’ ३२ करोड ९ लाख, ‘दंगल’ २९ करोड ७८ लाख, ‘ब्याङ ब्याङ’ २७ करोड ५४ लाख तथा ‘बजरंगी भाइजान’ २७ करोड २५ लाख भारुसहित क्रमश: सातौं, आठौं, नवौं तथा दसौं स्थानमा रहन सफल भएका छन् ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...