निर्वाचन मिति घोषणमा जुटेन सहमित

-- ?>

काठमाडौं- प्रधानमन्त्री र मधेसी मोर्चाबीचको सोमबार सम्पन्न बैठक सहमति बिना नै टुंगिएको छ । संविधान संशोधन,ले स्थानीय तहको निर्वाचन मिति घोषणा र पुनःसंरचना आयोगको प्रतिवेदनबारे छलफल गर्न बोलाइएको बैठक बिना निष्कर्ष सकिएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेर अगाडि बढ्न मोर्चा नेताहरुसँग प्रस्ताव गरेका थिए । प्रधानमन्त्री दाहालले मोर्चा नेताहरुसंग निर्वाचन मिति घोषणा गर्न सघाउन आग्रह गरेका थिए । ‘संविधान संशोधन प्रस्तावको प्रक्रिया सुरु भइसकेको छ। यसलाई कसरी पारित गर्न सकिन्छ त्यसतर्फ सशक्तरुपमा मोर्चा बनाउँ, दाहालको भनाई थिययो ।

प्रधानमन्त्रीले मोर्चाका नेताहरुसँग संविधान संशोधन र पुनःसंरचना आयोगको प्रतिवेदनमा मिलेर गहन छलफल चलाउन आग्रह गरेका थिए। जवाफमा सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन बिना आफूहरु चुनावमा जान नसक्ने दोहोर्‍याएका थिए । महतोको भनाइ छ—’अहिलेको मुख्य एजेन्डा संविधान संशोधन गर्नु हो। संविधान संशोधन बिना हामी निर्वाचनमा जान सक्दैनौं ।’
मोर्चाका नेताहरुले संविधान संशोधन बिना जबरजस्ती चुनावको मिति घोषणा गरे आन्दोलन गर्नेतर्फ प्रधानमन्त्रीलाई सचेत गराएका थिए । ‘हामी फेरि छलफल गर्न तयार छौं, तर संविधान संशोधन बिना चुनावमा जान सक्दैनौं, लक्ष्मणलाल कर्णको भनाइ छ ।

मोर्चाले यसअघि नै फेब्रुअरी ५ मा तराई मधेसमा जनप्रदर्शन गर्ने निर्णय गरिसकेको छ । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, अर्थमन्त्री कृष्णबहादुर महरा, कांग्रेस नेताहरु प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो लगायतका शीर्ष नेताहरु उपस्थित थिए ।