अस्ट्रेलियामा पहिलो उद्यमी सम्मेलन सम्पन्न 

-- The NTA / प्रकाशित मिति : आइतवार, माघ २३, २०७३
udghaatan
एनआरएनए अस्ट्रेलियाको आयोजनामा र अस्ट्रेलिया-नेपाल बिजिनेस काउनसिल सहआयोजनामा उद्यमीहरुको राष्ट्रिय सम्मेलन फेब्रवरी ५ आइतबारको दिन सिड्नीमा सम्पन्न भएको छ । अस्ट्रेलियाभरि बाट नै उपस्थित  ब्यबसायीहरुको उक्त सम्मेलनको उदघाटन नेपाल सरकारका तर्फबाट न्यूसाउथवेल्स राज्यका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्का, एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, एनआरएन संरक्षक ईन्द्रा वन, अष्ट्रेलिया-नेपाल विजनेस काउन्सिलका अध्यक्ष मन केसी, एनआरएन ओसियाना क्षेत्रीय संयोजक महेन्द्र लम्साल, एनआरएनका पूर्वअध्यक्ष गोवा कटवाल र कार्यक्रम संयोजक डिला खरेलले संयुक्त रुपमा गरेका थिए।
करिब ३०० सहभागीहरु बीच सम्पन्न उक्त कार्यक्रममा सहभागी ब्यबसायीहरुले बिभिन्न बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। बैदेशिक लगानी, एक्सपोर्ट/इम्पोर्ट, आइटी ,पर्यटन, शिक्षा, कृषि, विज्ञान प्रविधि, शैक्षिक व्यवसाय, रियल स्टेट,टेलिकम्युनिकेसन, उर्जा लागायतका क्षेत्रमा यस क्षेत्र सँग सम्बन्धित युबा उद्यमीहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । यसरी कार्यपत्र प्रस्तुत गर्नेहरुमा गोबा कटुवाल,  प्रमेश खड्का, भिम खरेल, मेघ राज श्रेष्ठ, श्याम केसी, सोनिसा श्रेष्ठ, मोना लिम्बु, किरण थापा, जविन श्रेष्ठ, मेघनाथ श्रेष्ठ, डिला खरेल, विवेक थापा, समिम अनवर लागएत थिए भने केहि बिदेशी मुलका उद्यमीहरुले समेत कार्यपत्र प्रस्तुत गरेका थिए ।
उपस्थितलाई व्यावसायिक सफलताका बारेमा आफ्नो क्षेत्रको अनुभब र बिज्ञहरुले  उत्प्रेरक विचारकहरु राखेका थिए । कार्यक्रममा न्यूसाउथवेल्स राज्यका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्काले नेपाल देखि हंगकंग र फेरि हंगकंग देखि अस्ट्रेलिया सम्मको आफ्नो ब्यबसायीक यात्रालाई निक्कै रोचक ढंगले सहभागी सामु व्यक्त गरेका थिए । त्यसै गरि युनिभर्सिटी अफ क्यन्बाराका एसोसिएट प्रोफेसर किशोर बैद्यले आहिलेको बिश्वमा व्यापार गर्दा भावनात्मक रुपमा भन्दा पनि बिश्व ट्रेन्डलाई प्रयोग गरेर सेवा दिदै गर्दा खुल्ला बजारमा कसरि र कस्तो ब्रान्डले स्थापित गर्ने र सुहाउदा बिज्ञापनले अगाडी बढ्न नेपाली उद्यमीहरुलाई सुझाए।
16388337_10154262383965777_3606553626404879566_n
नेपालको लाप्राकमा हुदै गरेको पुनर्निर्माण स्थलबाट भर्खरै अस्ट्रेलिया आइपुग्नु भएका एनआरएनएका अध्यक्ष शेष घले कार्यक्रमको उद्घाटनको केहि पछि मात्र कार्यक्रममा सहभागी हुनु भएको थियो। लाप्राकको कार्य विवरण र बस्तु स्थित जान्न चाहने सबै सहभगीहरुको चाहनालाई सम्बोधन गर्दै उँहाले हाल सम्मका प्रगति विवरणका बारेमा आफ्नो मन्तब्य ब्यक्त गरेका थिए । अस्ट्रेलियाका सफल ब्यबसायी समेत रहेका अध्यक्ष घले अस्ट्रेलियामा बढेका युवा ब्यबसायीहरु संख्याले आफुलाई निक्कै खुशी लागेको ब्यक्त गर्दै नयाँ पुराना ब्यबसायीहरुले समेत ब्यबसायको धर्मबाट कहिल्यै  पनि चुक्न नहुने बताए । मन्तब्यका क्रममा अध्यक्ष घलेले व्यवसायमा जोखिम हुन्छ, जोखिम उठाउनु पनि पर्दछ, अरु जे जस्तो जोखिम ऊठाए पनि नैतिकताको जोखिम भने कहिल्यै नउठाउन अनुरोध गरे ।
एनआरएनए  अष्ट्रेलियाका सचिब टोनु घोतानेले संचालन गरेको उक्त कार्यक्रम एनआरएनए  अष्ट्रेलियाका पुर्ब अध्यक्ष मन केसीको स्वागत मन्तब्य, बर्तमान अध्यक्ष सुरेन्द्र सिग्देलको धन्यवाद एबम समापन मन्तव्य सहित सम्पन्न भएको थियो भने उक्त कार्यक्रममा एनआरएनएअष्ट्रेलियाको तर्फबाट लाप्राक बस्ती पुनर्निर्माणका लागि ६१ हजार अष्ट्रेलियन डलरको सहयोगको चेक एनआरएनए अस्ट्रेलियाका उपस्थित पदाधिकारीहरुले अध्यक्ष घलेलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रस्तुतु सबै कार्यपत्रहरुमा कार्यक्रमको सहजकर्ता रहेका डा. राजु अधिकारी सहित डा. समशेरसिंह थापा,  डा. केशव शर्मा, डा. भरतराज पौडेलले सम्मेलनको निचोड प्रस्तुत गरेका थिए।
shesh-ghale-speaking
कार्यक्रम समापन पछि द नेपाली टाईम्स सँग कुरा गर्दै एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष एबं यस कार्यक्रमका संयोजक डिला खरेलले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्ने प्रस्तोता, उत्प्रेरक मन्तब्य दिने र आफ्ना अनुभब साटने बक्ताहरु एबं सम्पूर्ण  वा सहभागीहरुलाई धन्यबाद व्यक्त गर्दै आगामी दिन हरुमा आउने कार्यसमितिले यस्ता खाले कार्यक्रमहरुलाई थप निरन्तरता दिन अनुरोध गरे। खरेलका अनुसार कार्यक्रममा प्रस्तुत कार्यपत्र र विद्वान सहजकर्ताहरुले निकालेको निचोड एनआरएनए अस्ट्रेलियाको सम्पति बनेर  एनआरएनए अस्ट्रेलिया मातहतमा रहने पनि बताए।