भब्य सहभागिता बिच डार्बिनमा सरास्वती पुजा सम्पन्न 

-- कृष्ण रानाभाट, डार्बिन  / प्रकाशित मिति : सोमवार, माघ २४, २०७३

darwin-ma-1नेप्लिज एसोसिएसन अफ नर्दन टेरोटरि (NANT) को प्रतिबद्दता, संस्कृतिक निरन्तरता” भन्ने मूल सन्देसका साथ NANT  गत फेब्रवरी १ अर्थात बसन्त पंचमीका दिन डार्बिनको मालक हिन्दु मन्दिरमा पुजाआजा गरि धुमधामका साथ सरास्वती पुजा सु-सम्पन्न भयो। darwin-ma-2

डार्बिनवासी करिब १५० जना नेपाली समुदायका सदस्यहरुको सहभागिता रहेको उक्त कार्यक्रममा डार्बिनका नेपाली पण्डित नारायण दाहालले बिद्याकी देबी सरास्वतीको बिधि अनुसार पुजा पाठ गर्नु भएको थियो । उक्त दिनलाई साना बाबु-नानिहरुका लागि अक्षराम्भ गर्न शुभ मानिने हाम्रो परम्परा अनुसार उपस्थित करिब ५० जना बालबालिकाहरुलाई NANT को तर्फबाट अन्जना पन्त बराल र शिबराम पौडेलले कापी-कलम वितरण गर्नु भएको थियो । करिब २ घण्टा चलेको पुजा कार्यक्रमका सबै व्यवस्थापनमा सकृय सुरेन्द्र दवाडी र अन्य स्वयमसेवक साथीहरुको सक्रियतामा प्रसाद वितरण सहित कार्यक्रम समापन भएको थियो।