केन्द्रीय सदस्यको प्रारम्भिक नतिजा आउँदै
काठमाडौं–नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणनामा जारी छ । जारी मतगणनामा निर्वतमान महामन्त्री प्रकाशमान सिंह तथा केन्द्रीय सदस्य प्रदीप पौडेल सबैभन्दा अगाडि देखिएका छन् । अहिलेसम्मको मतगणना अन्तर्गत पहिलो मत गणनामा सिंह र पौडेल सबैभन्दा अगाडि देखिएका हुन् । २५ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा ९० उम्मेदवार रहेकाले मत गणनाको क्रम सुस्त छ । ५० मत गणनामा प्रकाशनमान सिंहले र प्रदीप पौडेलले ३६–३६ मत ल्याएका छन् । सुजाता कोइरालाले ३४, शेखर कोइरालाले ३२, बिमलेन्द्र निधिले २९, बालकृष्ण खाँडले २८, मिनेन्द्र रिजालले २९, खुमबहादुर खड्काले २९, नारायण खड्काले २८, धनराज गुरुङले २७, पूर्णबहादुर खड्काले २४, प्रकाशशरण महतले २५, प्रदीप गिरिले २५, रामशरण महतले २८, रमेश लेखकले २०, बलबहादुर केसीले २५, बद्री पाण्डेले २५, गोपालमान श्रेष्ठले २५, कुलबहादुर गुरुङले २२, एनपी साउदले २२ तथा उदयसमशेर राणाले २२ मत पाएका छन् ।
खुला तर्फका केन्द्रीय सदस्यको मत गणनाका लागि मात्रै कांग्रेसको निर्वाचन समितिलाई करिव एक सय ५ घन्टा लाग्ने भएको छ । एउटा मत गन्नका लागि करिव दुई मिनेट लाग्ने गरेको छ । प्रोजेक्टरमा मतपत्र देखाएर ९० जना उम्मेदवारका एजेन्टले हेरेपछि मात्रै मत गणना हुने गरेको छ । मत गणनास्थलमा खुला सदस्य तर्फका ९० जना उम्मेदवारका एक– एक जना प्रतिनिधि राखिएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...