गुणस्तरीय स्वास्थ्य सेवामा स्वास्थ्य मन्त्रीको जोड
काठमाडौं- स्वास्थ्यमन्त्री गगनकुमार थापाले सबैलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउनु आफ्नो प्राथमिकता भएको धारणा व्यक्त छन् । हिजो मंगलबारदेखि काठमाडौंमा प्रारम्भ भएको दुईदिने स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा गर्न नेपाल सरकारका विभिन्न दातृ निकाय र अन्य सरोकारवाला संस्थासँगको ‘संयुक्त वार्षिक समीक्षा बैठक मा मन्त्री थापाले संविधानअनुसार नै अब स्वास्थ्य सेवा विस्तार गर्दा संघीय संरचनाअनुसार नै स्वास्थ्य क्षेत्रको पुर्नसंरचना गरिने बताएका हुन् ।
मन्त्री थापाले स्वास्थ्य संस्थामा औषधि अभाव, उपकरणको अभाव र सबै अस्पताल र स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सकको अभावजस्ता समस्या विस्तारै समाधान गर्दै लगेको बताए । स्वाथ्यमा भएका विसंगति कम गरी गुणस्तरीय सेवा प्रदान गर्न नयाँ नीति बनाउने र अपुरा नीतिलाई सशोधन गर्ने कार्य भइरहेको पनि मन्त्री थापाले जानकारी दिए ।
मन्त्री थापाका अनुसार पुनःसंरचना गर्दा संविधानमा उल्लेख भएअनुसार गुणस्तरीय स्वास्थ्य सेवालाई केन्द्रमा राखिएको छ । संविधानमा स्वास्थ्यलाई मौलिक हकका रुपमा स्वीकार गरेर त्यसलाई स्थानीय तहसम्म पु¥याउने प्रतिबद्धता गरिएको छ ।
बैठकमा स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले अझैपनि सर्वसाधारण जनताले स्वास्थ्य सेवाको पहुँच पाउन नसकेको र ४५ प्रतिशत महिला अहिले पनि घरैमा सुत्केरी हुने गरेको बताए ।
अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरु बीच मित्रबत खेल, भेटघाट र भाइचारा स्थापना गर्ने...
क्यानबेरा– अष्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्म कै सम्भवत ठूलो धनराशीको पुरस्कार भएको नेपाली...
काठमाडौं– एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण...
काठमाडौँ- आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न हुदै छ...