१२ औं मिस नेवाः को उपाधि इशुलाई

काठमाडौं- बुधवार सम्पन्न ‘१२ औं नेपाल टेलिकम मिस नेवाः ११३७’ को उपाधि इशु श्रेष्ठले जितेकी छिन् । नेप्लिज फेशन होमद्वारा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजित प्रतियोगितामा २७ जना प्रतिस्पर्धीलाई पाखा लगाउंदै इशुले मिस नेवाः उपाधिमा कब्जा जमाएकी हुन् । उपाधिसँगै इशुले आईएमईका तर्फबाट ३० हजार रुपैयाँ तथा सालिमार ज्वेलरका तर्फबाट चाँदीको ताज तथा विभिन्न उपहार प्राप्त गरिन् ।
उक्त प्रतियोगितामा २० हजार रुपैयाँ र विभिन्न उपहारसहित ओजस्वी श्रेष्ठले फस्ट रनर्स अपको उपाधि जितिन् भने १५ हजार रुपैयाँ र विभिन्न उपहारसहित सृष्टि खड्गीले सेकेन्ड रनर्स अपको उपाधि जितिन् ।
अन्य उपाधितर्फ रोज महर्जनले मिस ट्यालेन्ट, ओमिजिना महर्जन बेस्ट नेपाल भाषा, आज्ञा कारञ्जित बेस्ट ड्रेस तथा मोनिमा खड्गीले मिस एलिगेन्टको टाइटल एवार्ड जिते । प्रतियोगितामा बिनिता डंगोलले मिस फ्रेन्डसिप, रोश्ना श्रेष्ठले मिस चार्मिङ, क्रिजना डंगोलले बेस्ट स्माईल र सामाजिक सदभाव राजदुत, लेनिना बज्रचार्यले बेस्ट स्किनको उपाधि जित्न सफल भए । समीता श्रेष्ठले बेष्ट हेयर, मिस डिसिप्लेन सलिना श्रेष्ठ, मिस पर्सनालिटी पल्पसा श्रेष्ठ, मिस पब्लिक च्वाईस ओमिजिना महर्जन र मिस सोसियल वेलफेयर एम्बेस्डर समिता श्रेष्ठ, मोरिना मानन्धर घोषित भए ।
उद्योग राज्यमन्त्री कृष्ण बादेको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताको निर्णायकमा प्राईम बैंकमा उपमहाप्रबन्धक भाईराजा तुलाधर, हिट्को कम्पनीका निर्देशक प्रदीपमान प्रधान, कार्टुनिष्ट रबिन सायमी, पूर्व मिस नेपाल एलिशा बज्राचार्य, दन्त चिकित्सक शिक्षिता श्रेष्ठ, नमुन कलेज अफ फेशन टेक्नेलोजीका उपप्रमुख जिवेश्वरलाल श्रेष्ठ र नेपाल बुटिक एशोसियसनका संस्थापक अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ रहेका थिए । नेवार समुदायका युवतीहरुलाई नेवारी संस्कृति, भाषा, भेषभुषाको संरक्षण सम्बर्धनमा लगाउँदै उनीहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि मिस नेवाः विगत १२ वर्ष देखि आयोजना गरिँदै आएको आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले कार्यक्रममा बताईन् ।
गायिक निशा देशारको गायन र नेवा डान्स एकेडमीका कलाकारको नृत्यले कार्यक्रमलाई मनोरञ्जक बनाएको थियो ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...