नर्थन बीच नेप्लिज कोम्मुनिटीको चौथो अधिबेशन सम्पन्न 

अध्यक्षमा कृष्ण सापकोटा चयन 
-- / प्रकाशित मिति : बिहिबार, माघ २७, २०७३
नर्थन बीच भनेर चिनिने  सिड्नीको उत्तरी सामुन्द्रिक तटको सेरोफेरोमा बसोबास गर्ने नेपाली द्वारा स्थापति ‘नर्थन बीच नेप्लिज कोम्मुनिटी’ले हालै आफ्नो चौथो अधिबेशन सम्पन्न गरेको छ । अधिबेशनले लामो समय सम्म नेपाली समुदाय योगदान  पुराउदै आएका कृष्ण सापकोटालाई अध्यक्ष्यको रुपमा चयन गरेको छ भने आगामी २ वर्षको लागि जम्मा ११ सदस्यीय कार्यसमितिको गठन गरेको छ । समितिको उपाध्याक्षमा रश्मि श्रेष्ठ, सचिबमा सन्दीप कंडेल, कोषाध्यक्षमा अरुण ढुंगाना छन् भने सदस्यहरुमा अर्जुन पौडेल, केशव खुलाल, बिनोद गौतम, हरि कोइराला, बन्दना बानिया, शक्ति लामिछाने र सुनिता चौधरी रहेका छन्।
एनआरएनए अस्ट्रेलिया एनएसडब्लु राज्य संयोजक दिनेश पोख्रेलको प्रमूख आतिथ्यमा संचालित उक्त अधिबेशनमा रश्मि श्रेष्ठले संस्थाको आर्थिक प्रतिबेदन पेश गरेकी थिइन । अर्जुन पौडेल द्वारा संचालित उक्त अधिबेशनमा बिनोद गौतमले उपस्थित सबैलाई स्वागत गरेका थिए ।
प्रवासमा नेपाली समूदायमा आफ्नो भाषा, संस्कृति तथा परम्पराको  जगेर्ना, संरक्षण, सम्बर्धन तथा बिकाशमा विभिन्न कार्यहरु गर्दै आएको यस  नर्थन बीच नेप्लिज कोम्मुनिटीले आगामी दिनहरुमा पनि यसको निरन्तरता दिने प्रतिबद्दता नवनिर्वाचत अध्यक्ष कृष्ण सापकोटाले नेपाली टाईम्स अस्ट्रेलियालाई  बताए ।