ओसियना एजुकेसन नेप्लिज क्रुज पार्टी-४ आउने शनिबार
सम्पूर्ण तयारी पुरा - लगभाग सबै टिकट बिक्रि
अष्ट्रेलियामा नेपाली युवाहरू माझ भाइचारा सम्बन्ध बढाउँदै उनीहरूलाई बिभिन्न शारीरिक गतिबिधि र खेलको माध्यमले जोड्दै आइरहेको नेप्लिज अष्ट्रे लियन युथ एसो सियसन (नया) ले यहाँको समुदायमा र नेपाल सम्म पनि बिभिन्न परोपकारी कामहरु गर्दै आइरहेको छ । कुनै न कुनै परोपकारी कार्यमा जोडिदै उल्लासमय तरिकाले बिगतमा तिन पटक क्रुज पार्टी सम्पन्न गरिसकेको नयाले आउदो शनिबार (फेब्रुवरी ११ ) का साँझ चौथो पटक क्रुज पार्टीको आयोजना गरेको छ । भ्यालाइनटाइन डे को अवसर पारेर हुन लागेको उक्त क्रुज पार्टीका लागि सांझ ५ः३० बजे डार्लिगं हार्बर किंग स्ट्रिट वार्फबाट क्रुज छुट्ने कार्यक्रम रहेको छ । पूर्ण पारिवारिक र सामाजिक वातावरणमा सम्पन्न हुने उक्त कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम सहित, डिजे , बालबालिकाका लागि बिबिध प्रतियोगिताहरु र लक्कि ड्र लगायतका कार्यक्रमले मनोरञ्जन प्रदान गरिनेछ । मीठो खाना, गीत संगित, विविध मनोरञ्जनात्मक कार्यक्रम र सुन्दर हार्वरको दृश्यावलोकनबाट उपस्थिति सबैले पूर्ण मनोरञ्जन प्राप्त गर्ने यस क्रुज पार्टीका संयोजक प्रकाश अर्यालले बताए । कार्यक्रममा सहभागी हुनका लागि प्रति व्यक्ति ६० डलर टिकट दर तोकिएको छ । अर्यालका अनुसार यस कार्यक्रमबाट बचेको रकम अस्ट्रेलियामा रहेका युवाहरुलाई खेलकुद सामग्री र अन्य सृजनशिल कार्यहरुका लागि खर्च गरिने छ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...