खुल्ला प्रतिस्पर्धाबाट आउने २५ केन्द्रीय सदस्यको मतगणना जारी, पछिल्लो मतपरिणाम
नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा खुल्ला प्रतिस्पर्धाबाट आउने २५ केन्द्रीय सदस्यको मतगणना जारी छ ।
विहिबार साँझसम्ममा जम्मा ४ सय ३ मत गणना हुँदा खुमबहादुर खड्काले अग्रता कायम गरेका छन् । उनले २ सय ४२ मत पाएका छन् भने प्रकाशमान सिंह र शेखर कोइराला २३७ मतका साथ दोस्रो स्थानमा छन् ।
प्रदीप पाैडेलले २३१ तथा बालकृष्ण खाँडले २२६ मत पाएका छन् । खुला तर्फ चार सय मतको गणना सकेर मतगणना स्थगित गरिएको निर्वाच समितिका सचिव प्रदीप पराजुलीले बताए ।
निर्वाचन अधिकृत धर्म खनालका अनुसार ४ सय ३ मत गणना गर्दा धेरै मत पाउने २५ जना यसप्रकार छन् ।
१. खुमबहादुर खड्का – २४२
२. प्रकाशमान सिंह – २३७
३. डा. शेखर कोइराला – २३७
४. प्रदीप पौडेल – २३१
५. बालकृष्ण खाँड – २२६
६. बिमलेन्द्र निधी – २२५
७. महेश आचार्य– २२०
८. रमेश लेखक – २१८
९.प्रदीप गिरी – २१७
१०. पूर्णबहादुर खड्का – २१४
११. डा. रामशरण महत – २०५
१२. सुजाता कोइराला – २०५
१३. धनराज गुरुङ – २०५
१४. केबी गुरुङ – २०४
१५. विश्वप्रकाश शर्मा – २०४
१६. डा. प्रकाशशरण महत – २०३
१७. बलबहादुर केसी – १९७
१८. शंकर भण्डारी – १९४
१९. डा. मीनेन्द्र रिजाल – १९२
२०. गोपालमान श्रेष्ठ – १९१
२१. चन्द्र भण्डारी – १८७
२२. डा. नारायण खड्का – १८४
२३. बद्री पाण्डे – १८१
२४. ज्ञानेन्द्रबहादुर कार्की – १७९
२५. एनपी साउद – १७९
नेपाली काँग्रेसको १३औँ महाधिवेशन अन्तर्गत खुलातर्फका २५ केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणनामा प्रोजेक्टरको प्रयोग गरिएको छ ।
यही फागुन २३ गते खुला २५ केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना आजदेखि सुरु भएको र त्यसमा प्रोजेक्टर प्रयोग गरिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । पदाधिकारीको मतपरिणाम भने यस अघि नै सार्वजनिक भइसकेको छ ।
खुला सदस्यमा उम्मेदवारी दिएका सबै ९० जनाले मतगणनामा आफ्ना प्रतिनिधि राखेपछि सबैलाई मतपत्र देखाउन प्रोजेक्टरको प्रयोग गरिएको हो । पार्टीको महाधिवेशनमा पदाधिकारीसहित कुल ६४ पदका लागि भएको निर्वाचनमा ३१२ जनाले उम्मेदवारी दिनुभएको छ ।
प्रोजेक्टरमार्फत सबैलाई मतपत्र देखाउँदै मतगणना गर्ने गरिएकाले प्रति मतको गणना गर्न करिब दुई मिनेट समय लाग्ने गरेको समितिले जनाएको छ । यही फागुन २३ गते भएको निर्वाचनमा कुल तीन हजार १६१ मतदातामध्ये तीन हजार १४८ ले मतदान गरेका थिए ।
उम्मेदवारको आग्रहमा समितिले एक स्थानमा मात्र ठूलो हलमा मतगणना गरेको छ । मतगणनामा लाग्ने समयको औषत हेर्दा भोलिसम्म पनि खुला केन्द्रीय सदस्यकोे मतपरिणाम आउने सम्भावना कम रहेको समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
मतगणना बिहान १० बजेदेखि साँझ ७ बजेसम्म मात्र हुने उहाँले बताउनुभयो । लामो सूचीको मतपत्र रहेकाले मतदानमा त्रुटी हुन गई धेरै मत बदर हुनसक्ने बताइएको छ । यसअघि सभापतिको मतदानमा करिब १०० मत बदर भएको थियो ।
विद्युतीय मतदान मेसिन प्रयोग गर्ने बारेमा यसअघि काँग्रेस केन्द्रीय समितिमा छलफल भए पनि त्यसको प्रयोग गर्न हिच्किचाएको पार्टीले महाधिवेशनको उद्घाटनमञ्चमा टाढाबाट दृश्य देखिने आधुनिक ठूलो डिजिटल पर्दाका प्रयोग गरेको थियो भने मतगणनामा प्राजेक्टरको प्रयोग गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको मतगणनामा महाधिवेशनका सुरुका दिनको तुलनामा भिड कम हुँदै गएको छ । आज दिनभर २५ खुला सदस्यका उम्मेदवार, उनीहरुका प्रतिनिधि र समर्थक बढी देखिन्थे भने यसबाहेक पार्टीका नेता कार्यकर्ता र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको छ ।
पार्टी कार्यालय बाहिर उपस्थित भिडका बीचमा टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलका एकजना प्रतिनिधिले मतपरिणामको बारेमा एसएमएसमार्फत जानकारी पाउन सकिने जानकारी दिए । मतगणनाको प्रत्यक्ष जानकारी पाउन एनसी टाइप गरी ३३००१ मा एसएमएस पठाउन सकिने उनले सुझाए ।
महाधिवेशनमा सभापतिका लागि आवश्यक बहुमत नपुग्दा २४ गते पुनःनिर्वाचन भएको थियो र सोही राति नै त्यसको मतपरिणाम आइसकेको छ । त्यस्तै महामन्त्री र कोषाध्यक्षको मतपरिणाम फागुन २५ गते आएको थियो । सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा डा शशाङ्क कोइराला र कोषाध्यक्षमा सितादेवी यादव निर्वाचित भइसक्नुभएको छ ।
काँग्रेसमा पदाधिकारीपछि महत्वपूर्ण मानिने खुला २५ सदस्यमा नेता कुलबहादुर गुरुङ, प्रकाशमान सिंह, डा रामशरण महत, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, पूर्णबहादुर खडका, बालकृष्ण खाँण, डा शेखर कोइराला, खुमबहादुर खड्कालगायत दिग्गज नेतादेखि युवा नेताको उम्मेदवारी छ ।
खुला २५ सदस्यमा दुईजना महिला सुजाता कोइराला र डिना–महालक्ष्मी उपाध्यायको मात्र उम्मेदवारी दिनुभएको छ । काँग्रेसमा निर्वाचितबाहेक मनोनित हुने पदाधिकारी पदमा निर्वाचित केन्द्रीय सदस्यबाटै मनोनित हुने विधानको व्यवस्था छ ।
काँग्रेसमा एक उपाध्यक्ष, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित हुने प्रावधान छ । यो मतगणना सम्पन्न भएपछि मात्रै समावेशी र प्रदेश सदस्यको मतगणना हुने समितिले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...