सन्तान प्रति को माया संगीतमा

-- The NTA / प्रकाशित मिति : मङ्लबार, फाल्गुन ३, २०७३
गत केहि समय देखि अष्ट्रेलियाबाट एक से एक उत्कृष्ट गीतहरु सार्बजनिक हुन क्रमको निरंतरता स्वरूप अष्ट्रेलियामा रहेर संगीत साधनामा सक्रिय युबा सङीतकार किरण भण्डारीको नेतृत्वमा नयाँ  युटुब च्यानल “सङीत सागर” मर्फत नयाँ गीत “अक्षिता रानी” गत फेब्रुअरी ११ मा सार्बजनिक भएको छ।
किरण भण्डारी नेपाली गीत सङीत सुन्न रुचाउने श्रोतामाझ नयाँ नाम होईनन् । उनको काँडाघरि, भनन तिमिलाई, राफ्टिङ चडेर जस्ता एक दर्जन गीतहरु सार्बजनिक भैसकेका छन् । अष्ट्रेलिया र प्रबासमा रहेका कलाकारहरु लाई प्रोत्साहान गर्न यो च्यानल खोलिएको उनी बताउँछन् । भिडियोबाट आएको रेभिन्युको को 70% कलाकारलाई नै दिने उनको बिचार रहेको छ।
 सर्बजनिक भएको यो गीत “अक्षिता रानी” एउटी आमा जेनिशा गौतमले आफ्नो छोरी अक्षिताको लागी लेखेकी अनि गाएकी हुन । यो गीतमा शब्द, सङीत र भाबको राम्रो मिश्रण पाईन्छ। जेनिशा गौतमको नेपाली गीत सङीतमा यो पहिलो पाईला भए पनि स्तरिय संयोजन देखिन्छ ।
यस गीतको छायांकन, सम्पादन र निर्देशन सुमन पाण्डेले गरेका हुन् । अस्ट्रेलिया निबासी सुमन केही हप्ता आघी मात्र गीतकार को रूपमा “भनन तिमिलाई कस्ले सिकायो” गाना लिएर श्रोता सामु उपस्थित भएका थिए भने  साथै छायांकन र निर्देशनको क्षेत्रमा पनि  उनको यो पहिलो जमर्को हो ।