अब काठमाडौंमा साझाको नाइट बस
जहाँबाट चढेर जहाँ झरे पनि २५ रुपैया भाडा कायम

काठमाडौं— साझा यातायातले राति काम गर्ने तथा अस्पताल जानेलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका पाँच वटा रुटमा परीक्षणका रुपमा रात्रिकालीन बस सेवा सञ्चालन गरेको छ । फेब्रुअरी १४ अर्थात हिजो मंगलबार रातिदेखि अस्पताल क्षेत्रलाई मध्यनजर गर्दै लगनखेल पाटन अस्पताल–त्रिपुरेश्वर आँखा अस्पताल–वीर अस्पताल–त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज–गङ्गालाल अस्पताल–बाँसबारी न्यूरो अस्पताल पुगेर सोही मार्गबाट लगनखेल फर्कनेछ ।
दोस्रो रुट न्यूरोडस्थित नेपाल वायुसेवा निगम अघिबाट बानेश्वर–कोटेश्वरसम्म, तेस्रो रुट नेपाल वायुसेवा निगमबाटै कालीमाटी हुँदै कलङ्की, चौथो रुट न्यूरोडबाट ठमेल–सोह्रखुुट्टे हुँदै नयाँबसपार्कसम्म र पाँचौँ रुट न्यूरोड गेटबाटै नयाँबानेश्वर–एयरपोर्ट–गौशाला हुँदै चाबहिलसम्म सञ्चालन भएको छ ।
रात्रिकालीन बस सेवा सञ्चालनका लागि जहाँबाट चढेर जहाँ झरे पनि २५ रुपैया भाडा कायम गरिएको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिएका छन् । सेवा राति ८ः३० बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । बसमा सिसीटिभी र टेलिभिजनको पनि व्यवस्था गरिएको साझा यातायातले जनाएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...