शितलको गीतमा दिलिप र अनिता

काठमाडौं– एउटी अबोध बालिकाको कलिलो उमेरमै निधन भएको वास्तविक घटनामा आधारित एउटा आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक शितल कार्कीको स्वरमा रेकर्ड भएको नया गीत ‘चिताक बिछ्यौना…’ मा उक्त दुःखद घटनालाई चित्रण गरिएको छ । सर्पको टोकाइबाट जीवन गुमाएकी ती अबोध बालिका गायिका शितल कार्कीकी भतिजी हुन् ।
विभिन्न टेलिभिजन च्यानल तथा यूट्युबमार्फत सार्वजनिक भएको उक्त भिडियोमा तराई मूलका एक दम्पत्तिले आफ्नो सन्तान गुमाएको विषयलाई चित्रण गरिएको छ । भिडियोलाई निर्देशक सुरेश थापाले निर्देशन गरेका हुन् । गायक कार्कीकै संगीत निर्देशनको उक्त गीतका शब्दहरु कुमार अजनबीले रचना गरेका हुन् । अभिनेता दिलिप रायमाझी तथा अनिता दंगालले निधन हुने सन्तानको बुवा–आमाको भूमिका निर्वाह गरेका छन् । उनीहरुको सन्तानको भूमिका प्रत्युष सुवेदीले निर्वाह गरेका छन् । यो गीत गायक कार्कीको एल्बम ‘ओस्कार’ मा समावेश गरिएको छ । बुद्ध थापाद्वारा छायांकन गरिएको यो भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन् । यूट्युबमा यो भिडियो सङ्स नेपाल च्यानलबाट अपलोड गरिएको छ ।
यस्तो छ भिडियो :
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...