प्रशान्त महासागरमा नेपली झन्डा फहराउदै नयाको क्रुज पार्टी सम्पन्न 

-- The NTA ?>
अष्ट्रेलियामा नेपाली युवाहरू माझ भाइचारा सम्बन्ध बढाउँदै उनीहरूलाई बिभिन्न शारीरिक गतिबिधि र खेलको माध्यमले जोड्दै आइरहेको नेप्लिज अष्ट्रे लियन युथ एसो सियसन (नया) यस बर्षको चौथो क्रुज पार्टी उल्लासमय बाताबरणमा सम्पन्न गरेको छ । प्रशान्त महासागरमा नेपली झन्डा फराउदै  करिब ४ घण्टा सम्म चलेको यस  क्रुज पार्टीमा करिब ३५० जनाको सहभागिता थियो।
 
आपसी सदभाव, आत्मीयपन र आपसी मेलमिलापबाट समाज र ब्यक्तित्वको विकास सम्भव छ भन्ने कुरामा विश्वास गर्ने यस संस्थाले भ्यालेन्टाइन दिवसको सेरोफेरोमा गत फेब्रुवरी ११  का साँझ राखिएको यस कार्यक्रमलाई बहुतै उत्सुकताका साथ हेरिएको थियो र कार्यक्रम सफलताका साथ सम्पन्न भएको नयाको तर्फबाट हिरा कंडेल बताए । ओसियना एजुकेसन एंव भिसा सर्भिसेस मुख्य प्रायोजक रहेको यस पटकको क्रुज पार्टीको संयोजन प्रकाश अर्यालले गरेका थिए । नयाका अध्यक्ष कोमलराज पाठकले क्रुजमा सहभागी करीव ३५० जना आगन्तुक,  नयाका शुभेक्छुक एवं प्रायोजक हरूलाई धन्यबाद दिदै संस्थाका भावी योजनाहरूका बारेमा प्रकाश परेका थिए । नयाका सबै सदस्यहरू स्वत स्फुर्त रुपमा स्वयमसेवकको जिम्मेवारीमा बिशेष रेखदेखमा सबै सहभागीहरुले भरपुर आनन्द लिएका थिए । छोटो  अौपचारिक कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले पनि शुभकामना दिइरहदा नयाका संरक्षक महेन्द्र कुमार लम्सालले यस संस्थाको जन्मदेखि अहिले सम्म पूर्याउनु भएको भूमिकाको प्रशंसा गरिएको थियो ।
नयाका भुतपूर्व महासचिव भिष्म भण्डारीले संचालन गरेको औपचारिक कार्यक्रममा ओसनीया एजुकेशनका डाइरेक्टर सन्दीप खनालले आफ्ना भनाई राख्नु भएको थियो । मिठो खाना र समधुर संगीतले भरिएको उक्त कार्यक्रम साझ ६:३० बजेबाट सुरु भएर राति १०  बजे सम्म चलेको थियो । उक्त कार्यक्रमबाट संकलित रकम बिभिन्न सामाजिक कार्यक्रम बिशेषगरि खेलकुदमा लगाइने कुरा संस्थाका महासचिव प्रकाश खरेलले बताएका छन्  । संस्थाका उपाध्यक्ष लक्ष्मण सापकोटाको बिशेष पहल र संस्थाका अन्य सदस्यहरूको खटाइका कारण यस बर्षको क्रुज पार्टी साना बाबु नानीलाई लक्षित गरि बिभिन्न मनोरन्जनात्मक प्रस्तुति, भ्यालेन्टाइन दिवसको सेरोफेरोमा बिबिध प्रस्तुति र सांगीतिक माहोल बीच यस पटकको क्रुज सम्पन्न भएको छ। प्रमिता शर्मा , पुजा चन्द, ममता तिवारि, सन्ध्या शाहले लगाएत नयाका सदस्यहरुले एकता नै हाम्रो परिचय रहेको र यसरि नै समुदायका अन्य कार्यक्रमहरु सम्पन्न गर्नु पर्ने बताए।
(Photo by: The AR Pixels)