एम्बुलेन्स खरिद तथा संचालनको लागि शारिरीक व्यायम शिविर

आगामी फेब्रुअरी २५ गते शनिवार र २६ गते आइतबार सिड्नीको एसफिल्ड पार्कमा शारिरीक व्यायम शिविर (फिजिकल फिटनेस क्याम्प) गरिने भएको छ । फिटनेस क्षेत्रमा प्रख्यात अष्ट्रेलियन रजिष्टार ट्रेनर रेम्बो अधिकारीबाट प्रदान गरिने उक्त शिविरमा सहभागी हुन सिड्नीबासी सबैमा आग्रह गरिएको छ । यही दुईदिने शिविरको लागि रेम्बो अधिकारी २४ फेब्रुअरीमा डार्विनबाट सिड्नी आउने कार्यतालिका रहेको छ । उक्त व्यायम शिविरको लागि नाम दर्ता गरी व्यायम गर्ने सही तरिका कस्तो हो, बढ्दै गरेको कोलस्टोर र सुगर हुनबाट कसरी बच्ने तथा शारिरीक व्यायमबाट स्वस्थ मुटु कसरी राख्ने भन्ने विषयमा महत्वपूर्ण व्यायमका तरिकाहरु सिकी लाभ उठाउन सकिने ट्रेनर रेम्बो अधिकारीले बताए । खुल्ला पार्कमा समूहमा यस्ता व्यायम गर्नाले शरिरीरमा एक सकरात्मक उर्जा र मनोरञ्जनका साथै तनावमुक्त हुने बताइएको छ । यसलाई दर्ता रकम बापत ३० डलर राखिएको छ र यसबाट संकलित सम्पूर्ण रकम गोरखाको दूर्गम गाउँमा एम्बुलेन्स खरिद तथा सेवा संचालनको लागि सहयोग गरिने आयोजन शिव बञ्जराले बताएका छन् । यस कार्यक्रमलाई सिड्नी स्थित एक्टिभ मोर्गेज तथा फाइनान्स कम्पनीले प्रायोजन गरेको छ । जसको प्रोपराइटर लेख गुरुङ्ग हुन् ।
यहाँहरुको सानो सहयोगले विकट गाउँका हजारौं बासिन्दाहरुले सेवा उपभोग गर्न पाउने जनाइएको छ । विगतमा आपतकालिन विमारी पर्दा विरामी बाहनको अभावमा डोको र स्ट्रेचरमा विरामी लैजानु पर्ने र लामो बाटो हिंडेर जानुपर्ने हुनाले कतिपय विरामीको बाटोमा नै मृत्यु भएका घटनाहरु छन् । आँफू स्वस्थ बन्ने र सामाजिक सहयोग पनि हुने यस महत्वपूर्ण कार्यक्रममा सहभागी हुन सबैमा हार्दिक अनुरोध गरिएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...