बाबुको पदचाप पछ्याउदै राजेश 

-- The NTA / प्रकाशित मिति : आइतवार, फाल्गुन ८, २०७३
नेपाली सांगीतिक क्षेत्रमा धेरैको लागि प्रिय नाम हो शिब केसी ।  नेपाली संगीतमा धेरै मौलिक गितहरु दिएका स्व शिब केसी आहिले हामी बीच नभए पनि उनका सांगीतिक कोशेलीहरु छुट्टै स्वाद बनेर अझै कानमा  गुन्जिरहन्छन् ।  बाबुको पदचाप पछ्याउदै उनका छोरा एबम मिठो स्वरका धनि गयक राजेश केसीले धेरै गीतहरु गाइसकेका छन् । अस्ट्रेलियालाई कर्मभूमि बनाएका राजेशले यस अगाडी पनि धेरै गीतमा आफ्नो स्वर दिइसकेका छन् भने बाबु शिब केसीका पुराना सिर्जनाहरुलाई पुन रेकर्ड गर्ने प्रयास पनि गरेका छन् ।
यसै सिलसिलामा रेजेशले स्व. गायक शिब केसीले गएको   “जिन्दगीको सावन….. ” बोलको गीतलाई रिमेक गरेका छन् ।  दामोदर घिमिरेको शब्द, कृष्णमान डंगोलको संगीत सहितको यस गीतको म्युजिक भिडियो सहित आहिले श्रोता माझ आएको छ । जसमा कलाकारहरु सुरबीर पण्डित , चर्चित मोडल अनिल थापा र सुर्बिनको अभिनय रहेको छ।
गायक राजेश के सीका अनुसार यो गित बुवाको सम्झनामा, एउटा बाबुले आफ्नो छोरालाई सिकाएको कुरा र देखाएको बाटोको सम्झाना र समर्पण गर्दै तयार गरिएको हो ।  पछिल्लो समयमा जस्तै यस गीतलाई पनि सबै श्रोता दर्शकहरुले मन पराउने, सल्लाह र सुझाब दिनेमा आफुले बिश्वास लिएको द नेपाली टाईम्स सँगको कुराकानीमा बताए।
भिडियो-