रमण रेग्मीको “जुन् साइतमा………” अब म्युजिक भिडियोमा 

-- / प्रकाशित मिति : सोमवार, फाल्गुन ९, २०७३
फरक शैलीका गीतहरु गाएर संगीत क्षेत्रमा आफ्नै खालको उचाइ बनाएका युबा गाएक रमण रेग्मीको स्वरको हृदयस्पर्शी गीत “जुन साइतमा भएपनि तिम्रै सामु पर्न पाएँ, खुशी छु म आज साह्रै हाँसी हाँसी मर्न पाएँ,………….” म्युजिक भिडियोको रुपमा बजारमा आएको छ।  प्रेममा समर्पण हुन्छ, समर्पण गर्दै गर्दा आफ्नो भन्दा आफुले माया गर्नेको खुशी हेरिन्छ देवदत्त भट्टका यस्तै मर्मर्स्पर्शी शब्दहरुको यो गीतलाई लक्ष्मण शेषले संगीत दिएका हुन् ।
गीतको भाब अनुसार जिबन्त पर्दामा देखिने दृश्यहरुमा आहिलेकी निक्कै चर्चित र व्यस्त नायक नायिका पुस्कर रेग्मी तथा बर्षा राउतको शसक्त अभिनय देख्न सकिन्छ भने यस म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । अर्जुन तिवारी उत्कृष्ट दृश्य खिचाइ र भरत रेग्मीको उत्कृष्ट सम्पादनले म्युजिक भिडियो निक्कै गुणस्तरीय बनेको र यसलाई सबै दर्शक श्रोताहरुले मन पराउने कुरामा आफु बिश्वस्त भएको अस्ट्रेलियालाई कर्म क्षेत्र बनाएर संगीत, गायन र सिर्जनामा क्रियाशील गायक रमण रेग्मीले  द नेपाली टाईम्स अस्ट्रेलिया सँगको कुराकानीमा बताए ।
भिडियो-