मकर्थर रिजन नेपाली कम्यूनिटीले नेपाली नयाँ वर्ष मनाउदै 

-- The NTA / प्रकाशित मिति : मङ्लबार, फाल्गुन १०, २०७३
सिड्नीको दक्षिण पश्चिम क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको सामुदायिक संस्था ‘मकार्थर रिजन नेपाली कमिनिटी’ ले बिगतमा जस्तै यस बर्ष पनि नेपाली नयाँ वर्ष बिबिध संस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमहरुका साथ गर्न लागेको छ । नेपाली नाच गान, बाल नृत्य तथा नपाली खाना सहित आयोजना गर्न लागिएको यस कार्यक्रमको उदेश्य मकार्थर क्षेत्रमा रहेका नेपलीहरुमा आपसी सम्पर्क तथा  ससदभाब बढाउने, नेपाली कला संस्कृतीको प्रबर्धन विकास र यहि जन्मि हुर्किएका नेपाली बाल बालिकाहरुलाई आफ्नो भाषा, संस्कृति तथा रहन सहन संग परिचित गर्ने रहेको कुरा कम्यूनिटीका अध्यक्ष राज कुमार अधिकारीले नेपाली टाईम्स अस्ट्रेलियालाई बताए ।
कार्यक्रम आगामी  ८ अप्रिल २०१७, साँझ ६ बजेबाट  ग्रेग पेर्सिवल हल इंगलबर्नमा हुदैछ । थप जानकारीको लागि राज कुमार अधिकारी ०४२२३०२९८२,  टुंगा नाथ खरेल ०४१५६१६६५२,  मितेश पाण्डे ०४१५३२७०१५ लाई  सम्पर्क गर्न अनुरोध गरिएको छ।