सिड्नीमा तामंग ल्होछार भव्यताका साथ सम्पन्न 

-- The NTA / प्रकाशित मिति : मङ्लबार, फाल्गुन १०, २०७३
तामाङहरुको सास्कृतिक एबम मौलिक पर्ब नयाँ बर्ष अर्थात सोनाम ल्होछार सिड्नीमा बिबिध कार्यक्रम सहित धुमधामका साथ मनाइएको छ।  तामाङ सोसाइटी अफ एनएसडब्लु – सिड्नी परिवारले सदा झै यो बर्ष पनि  सोनाम ल्होछार २८५३ ज्या ल्होछार (चरा बर्ष) संस्कृतिक महत्व झल्कने र बिबिध मनोरन्जनात्मक कार्यक्रम सहित समन् गरेको तामाङ सोसाइटीको तर्फबाट दिल तामांगले जनाएका छन् ।
गत २८ जनवरीमा पिटरशाम टाउन हलमा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट आएका चर्चित गायक रोज मोक्तान अनी हाँस्य तथा रंगमंच कलाकार बुद्धी तामाङ उर्फ “हैट” को बिशेष प्रस्तुति रहेको थियो ।  त्यसको अलवा  बुद्ध पूजा र लामा प्रवचनबाट सुरु भएको यस कार्यक्रममा युवाहरुको ढुक्ढुकी हिप-होप गायक तथा स्टाइलिश दामी बोइ फुबा तामाङ र सिड्नीका दिल तामाङ सहितका गायक गायिका र कलाकारहरु को बेजोड प्रस्तुतिले कार्यक्रम निक्कै उल्लासपूर्ण बनेको थियो।
 तामाङ सोसाइटी अफ एनएसडब्लुका कार्यबाहक अध्यक्ष दिल तामांगको अध्यक्षता र अस्ट्रेलियाका लागि नेपाल कार्यबाहक राजदुत राजेन्द्र पाण्डेको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, तामाङ सोसाइटीका र्व अध्यक्ष अरुण तामाङ, सल्लाहकार गणेश तामाङ लगाएत नेपाली समुदायका अगुवाहरु र सिड्नीमा बस्ने नेपालीहरुको बाक्लो उपस्थिति थियो।