दोश्रो पुस्तालाई लक्षित गर्दै नेपाली समुदायकाे पहिलाे शिक्षण केन्द्र

-- The NTA / प्रकाशित मिति : मङ्लबार, फाल्गुन १०, २०७३
अष्ट्रेलियामा द्रुततर रूपमा बृद्धि भइरहेकाे नेपाली समुदायसँगै नयाँ नयाँ नेपाली व्यवसायहरू पनि दिन प्रति दिन थपिंदै गइरहेका छन् । यसै शिलशिलामा प्राथमिक तह देखि उच्च माध्यामिक तहसम्मका बाबुनानीहरूलार्इ यहाँकाे शैक्षिक प्रणालीमा सहज रूपमा घूलमिल गराउन सकियाेस् र यहाँकाे पाठ्यक्रमलार्इ उनिहरूले अात्मसात् गर्दै शैक्षिक कुशलताकाे कसीमा अाफूलार्इ अब्बल साबित गर्न सकुन् भन्ने उद्देश्यका साथ ब्रेनी बी एजुकेशन सेण्टर (Brainy Bee Education Centre) नामक एक शिक्षण केन्द्रकाे स्थापना गरिएकाे छ । नेपाली समुदायमा यहाँ हुर्कदै गरेको दोश्रो पुस्तालाई लक्षित गरि सुरु गरिएको याे पहिलाे व्यवसाय हाे ।
नेपालीहरूको बाक्लो बस्ती रहेको रकडेलमा खोलिएको उक्त केन्द्रले विद्यालयस्तरीय पाठ्यक्रम सशुल्क पढाउने मात्र नभई निशुल्क रूपमा शैक्षिक परामर्श तथा सूचना मुलक कार्यशाला गाेष्ठी र नेपाली भाषा कक्षाहरू जस्ता सेवा पनि प्रदान गर्ने उद्देश्य रखिएको एजुकेशन सेण्टरका संचालक महेन्द्र पौडेलले बताए । थप जानकारीका लागि एजुकेशन सेण्टरको वेब   http://www.brainybee.com.au हेर्न अनुरोध गरिएको छ।