मैनालीको संगीतमय प्रश्न “यो देश बनाउने जिम्मा कसको हो?”
उठौं देश बनाउनलाई, जुटौं हातमा हात मिलाई !

चक्काजाम, बन्द हड्ताल, बेमौसमी आन्दोलनबाट आजित नेपाली जनता अनि तिनै आन्दोलनलाई सम्बोधन गर्न भन्दै सहमतिको नाममा गरिने एक पछि अर्को निष्कर्ष बिहिन कोठे बैठकहरु प्रति यस पटक बुलन्द प्रश्न उठाएका छन् डा. ब्रिजेश मैनालीले । “यो देश बनाउने जिम्मा कसको हो?” भन्ने डा. मैनालीको प्रश्न नारा जुलुश र प्रतिशोधको रुपमा होइन संगीतबद्द बनेर आएको छ । यसले धेरै संगीत प्रेमी हरुलाई मनोरंजन मात्र होइन देशको यो विषम परिस्थितिमा झकझकाएको पनि छ।
बिदेशी भूमिमा जिबिको पार्जन र उन्नत भविष्यको लागि संघर्षरत धेरै नेपाली मनहरुलाई देशको सधैको धमिलो परिस्थितिले मन छोएको हुन्छ । स्वेडनलाई कर्मभूमि बनाएर देश प्रतिको माया सधै बोकेर हिडेका डा. मैनालीले देश प्रति सबैलाई जिम्म्वारिबोध गराउदै , यो गीत आहले म्युजिक भिडियोको रुपमा युट्युब मार्फत सार्बजनिक गरेका छन् ।
प्रत्येक शब्दहरु उत्तिकै ओजनदार लाग्ने गीतकार मैनालीका शब्दहरुले नेपालमा धनि र गरिब बीच बढ्दै गएको खाडल, बिबिध असमानता, आम नेपालीको पहुँच भन्दा टाढा हुदै गएको शिक्षा स्वस्थ र नेपालको बर्तमान यथार्थता प्रष्ट देखाउँछ । गीतले समस्या मात्र होइन हामी बीचका झिना मसिना असहमतिहरुका बाबजुद पनि सबै एकै ठाउँमा उभिएर देशको बिकासमा लाग्न सकिन्छ भन्ने मिठो सन्देश सहितको उत्प्रेरणा पनि दिएको छ ।
दिपक शर्माद्वारा संगितबद्ध यस गीतलाई प्रताप लामा र सहिमा श्रेष्ठले आफ्नो जादुमय स्वरले सजाएका छन् । निलद्वारा निर्देशित तथा छायांकन गरिएको उक्त म्युजिक भिडियोको सम्पादन दिप शर्माले गरेका छन् । मनोज थापा, दिप शर्मा, रितेश श्रीवास्तव, शिवकुमार चम्लागाई, लक्ष्मना थापा, शैलेश मणि उपाध्याय; शोभिता पराजुली लगायतका करिब २० जना कलाकारले यस म्युजिक भिडियोमा आफ्नो भूमिका निभाएका छन् । यस गीतबाट आफुलाई प्राप्त हुने रोयल्टी बिपन्न बालबालिकाको शिक्षाका लागि सहयोगमा खर्चिने बिचार रहेको गीतकार तथा निर्माता डा. मैनालीले बताए ।
म्युजिक भिडियो:
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



