ऐतिहासिक भू–राजनीतिक चपेटामा नेपालको राष्ट्रियता
एउटा असल छिमेकीको रुपमा सहयोग गर्यो तर सार्वभौम राष्ट्रमाथि अनुचित प्रभाव राख्ने प्रयास गर्नु हुंदैन । किन कि हिजो भारतको पूर्वाधार पनि त ब्रिटिशले बनाइदिएको हो तर उनिहरू स्वतन्त्र भएपछि त्यसको हिसाब किताब कहिल्यै पनिखोजेनन् र खोज्नु पनि हुदैन ।
वर्तमान सन्दर्भमा नेपालको राष्ट्रियताप्रति विविध टिका टिप्पणी भैरहेका छन् । सत्ता राजनीतिमा छिमेकी मुलुकको प्रभाव रहन्छ भन्ने कतिपय कुराहरू पुष्टि हुने गरी घटनाक्रम मिल्ने गर्दछ । संसार ग्लोवलाईजेसनको जमनामा एक छिमेकीले अर्को छिमेकीलाई गर्ने निकृष्ट व्यवहार २१ औं शताब्दीका लागि शैय हुँदैन । मुलुकलाई नेतृत्व दिने राजनीतिक वर्ग सत्ता राजनीतिमा घिनलाग्दो छिमेकी प्रभावलाई भित्र्याएर जनताप्रति गद्यारी गरी रहेका छन् । राजनीतिक फाईदाका लागि हुने लेनदेनबाट नेपाली जनता जीवनयापनको लागि चाहिने न्युनतम् आधारभूत आवश्यकताबाट पनि बन्चित छन् । नेताहरू राष्ट्रियताप्रति सत्ता प्राप्तिका लागि प्रभुको चरणमा शरण परेका छन् । मुलुकको सार्वभौम अस्तित्वमाथि एक राजदूतावासबाट खुलेआम चुनौति दिई रहँदा राजनीतिक दलहरू उसैको भोजखान लावा लस्कर लागेर हस्तक्षेपलाई वैधानिकता दिई रहेका छन् । यस्तो बेला नेपालको राष्ट्रियता र विदेश नीतिको साझा बहस र साझा अबधारणामाथि निकै बहस गर्नुपर्ने भएको छ । स्पष्ट विदेश नीति नहुँदा सरकार फेरिदै पिच्छे हुने गरेको विदेश नीतिको भद्दा क्रियाकलापले मुलुकको विश्व जगतमा उपस्थिति कमजोर हुँदै गएको छ ।
यसै सन्दर्भमा जवाहरलाल नेहरू बिश्वबिद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा बिद्यावारिधि गर्नु भएका नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद तथा नेपाल भारत प्रबुद्ध नागरिक समाजका सदस्य डा राजन भट्टराईसंग द नेपाली टाइम्स अष्ट्रेलियाका लागि प्रकाशक महेन्द्र कुमार लम्सालले गरेको कुराकानीको सार संक्षेप ।
एउटा सार्वभौम मूलुक भारतप्रति यति धेरै परनिर्भरता के का लागि ?
२००७ साललाई नै हाम्रो प्रस्थान बिन्दु मान्ने हो भने नेपालमा त्यति बेला एउटा आधुनिक राज्यको रुपमा चाहिने न्युनतम् पूर्वाधारहरू जस्तै कर्मचारीतन्त्र, आर्मी, प्रहरी, शैक्षिक संघ संस्थाहरू केहि पनि थिएनन् । जब हामी कमजोर थियौ तब भारतसंग हामीले सहयोग लिनुपर्ने थियो र लियौंपनि । यो बिषयलाई लिएर पनि नेपालमा यहाँ अहिले २ तर्कहरू बारम्बार उब्जिरहन्छ । पहिलो, एउटा स्वतन्त्र राष्ट्रलाई चाहिने आधारभूत पूर्वाधारहरू निर्माण गर्नका लागि सहज र सजिलो छिमेकी भारत नै थियो र अप्ठ्यारो पर्दा सहयोग लिएपछि भारतले नेपालबाट त्यसको जस लिईरहन चाह्यो । त्यसैबेलादेखि उसले आफ्नो प्रभाव राखी रहन चाहन्छ । दोश्रो, एउटा असल छिमेकीको रुपमा सहयोग गर्यो तर सार्वभौम राष्ट्रमाथि अनुचित प्रभाव राख्ने प्रयास गर्नु हुंदैन । किन कि हिजो भारतको पूर्वाधार पनि त ब्रिटिशले बनाइदिएको हो तर उनिहरू स्वतन्त्र भएपछि त्यसको हिसाब किताब कहिल्यै पनिखोजेनन् र खोज्नु पनि हुदैन । नेपालको सन्दर्भमा पनि यो लागु हुन्छ ।
वर्तमान सन्दर्भमा नेपालको राष्ट्रियता र नेपाल भारत सम्बन्धलाई कसरी मूल्यांकन गर्नु हुन्छ ?
अहिलेको स्थितिमा एउटा देशले अर्को देशको भू–भागनै अरुले लिईहाल्ने अवस्था हैन, संसारमा यस्ता कुराहरू अब सजिलो छैन पनि । जब भारत स्वतन्त्र भयो तब दक्षिण एसियाका साना मूलुकहरू नेपाल, भूटान र सिक्किमसंग उसले आफ्नो सुरक्षालाई ध्यानमा राखी सन्धिहरू भए । नेपालको तुलनामा भुटान र सिक्किमको आन्तरिक मामिलामा धेरैनै प्रभाव पर्ने खालको सन्धिहरू थिए । यी देशहरूमा भारतकै प्रभाब थियो तर नेपालको सिमाना करिब १४ सय किलोमीटर चिनसंग पनि जोडिएको थियो । ६० को दशकपछि जब चिन ग्लोबल शक्ति बन्दै आउन थाल्यो र सुरक्षाको मामिलामा अझै पनि तिब्बत भने अतिनै सम्बेदनशील क्षेत्रका रुपमा लिएको छ । तिब्बतको पूरै नेपालको सीमा क्षेत्रसंग जोडिनु, भारतको बढ्दो प्रभाव नेपालमा हुनु, तिब्बत बिरोधि गतिबिधिहरूलाई भारतले खुलेआम प्रश्रय दिनु जस्ता गतिबिधिले गर्दा नेपाल आज दुइ ग्लोबल शक्तिको बीचको ऐतिहासिक चेपुवामा परेको छ जुन आज भन्दा अगाडि कहिल्यै थिएन ।
बिगतका दिनमा भौगोलिक र सामाजिक, आर्थिक कारणले हामी धेरै भारतनिर्भर थियौ । तर आज तिब्बतको बिकासले हाम्रो चीनसंगको सम्बन्ध सहज बन्न पुग्यो । पारिपट्टि १४ सय किमी करिब करिब सबै भू–भागमा आज सडक पूर्वाधार तयार भैसकेको छ । बिद्युतीय सेन्ट्रल ट्रान्समिसन लाइनसमेत चीनसंग जोडिएको अवस्था छ । जसले गर्दा भबिष्यमा बिद्युत खरिद–बिक्रि सहज रुपमा उत्तरसंग गर्न सकिने भएको छ । भारत र चीनसंगको आवत जावत बढ्न थालेको छ। अब दिल्ली र बेइजि∙को कुरा गर्दा एकातिर दिल्लीलाई आफ्नो स्वार्थ चाहिएको छ र केहि मात्रमा भएपनि पुरानो बर्चस्व रहोस् भन्ने चाहान्छ । नेपालको परिबर्तन तथा सरकार निर्माणमा आफ्नो केहि न केहि भूमिका रहोस भन्ने चाहन्छ । अर्कोतर्फ भारतभित्रै नेपालमाथि भारतको यति धेरै हस्तक्षेपकारी भूमिका रहनु हुन्न भन्ने आवाज पनि उठेकाछन् । यसैगरि आज ४० लाख भन्दा बढी सक्रिय र सीपयुक्त नेपालीहरूको जनसंख्या सार्क मूलुक बाहिर रहेको र नेपालीहरूमा चेतनाको बिकास भएको कारणले पनि भारतको आफ्नो पुरातन सोचाईमा परिबर्तन गर्नै पर्ने देखिन्छ ।
अरुलाई दोष मात्रै लगाउनु भन्दा नी अस्थिरता र समस्या त नेपालकै राजनीतिक नेतृत्व जो सत्ताको लागि उतैको चाकडीमा विश्वास गर्दछ, यो सत्य हो नी ?
माक्सबादको विद्यार्थीका नाताले म पनि समस्यामा आन्तरिक तत्वलाई स्वीकार्छु । तर हस्तक्षेपको श्रृखलाबद्ध उदाहरणको लागि धेरै पर जानु पर्दैन । दोश्रो संबिधान सभाबाट बहुमतले संबिधान पारित गर्दैगर्दा जे दृष्टान्तहरू देखिए । त्यतिखेर हामी आफ्नो समस्या आफै समाधान गर्न चाहान्छौ भन्ने देखाउँछ । भारतबाट दूत पठाएर यसलाई रोक भन्न लगाइयो भन्ने हामी एकताबद्द हुन खोजेका त हौ नि । त्यसलाई भाँड्ने प्रपन्च गरिएको त छर्लंगै छ । त्यति बेला नेपालको संबिधानसभालाई उताबाट ठूलै दवाब आएको हो तर केहि लागेन । हामीले जर्बजस्ति गर्नै पर्ने भएकोले संबिधान घोषणा गरेका हाैं । अब तपाई भन्नुस समस्या कता छ ?वास्तावमा त्यतिबेला संबिधान जारी सुशील कोइराला, केपी ओली, प्रचण्ड र गच्छादारबीच आपसी सल्लाह र समझदारी भएको हो । संबिधान जारी र सत्ता हस्तान्तारणको बारेमा समझदारी भएको कुरा सबैलाई थाहा छ । त्यो समझदारीबाट कांग्रेसलाई पछाडि हटाउने प्रपन्च, अघोषित नाकाबन्दी जस्ता आन्तरिक मामिलामा ठाडो हस्तक्षेपकारी काम हाम्रा कारण भएको होइन । यी र यस्ता केहि कामहरू पनि भएका छन् तर कतिपय अवस्थामा प्रभाव पनि पर्ने गरेको सत्य छर्ल∙ छ ।
यस्ता प्रभाव चिर्न राष्ट्रियताका सवालमा हाम्रो साझा अबधारणा कस्तो हुनुपर्ला ?
हामीले हाम्रो भौगोलिक अवस्थालाई पनि मध्यनजर गर्दै सिद्धान्तत दुवै छिमेकिहरूसंग समानताका आधारमा सम्बन्ध बिस्तार गर्न चाहन्छौ र नेपालको साझा अबधारणा पनि त्यहि हुनुपर्दछ । त्यसमा पनि भौगोलिक र सांस्कृतिक सामिप्यताले गर्दा भारतसंग हामी अझै राम्रो सम्बन्ध राख्नुपर्ने हुन्छ । नेपालको संबिधान, संघीयताको बारेमा भारतलाई त्यति चासो नहुनु पर्ने हो । बरु दुइ देशबीच सामूहिक हितका बिषय, द्विपक्षीय आर्थिक सहयोगमा साझेदारी बिषयमा छलफल गराैं, सीमा सुरक्षाका सवालमा छलफल गरौं तर कुनै एउटा दल बिशेषलाई उचालेर मिल्दै गएको बाताबरण खल्बल्याउने भूमिका नहोस् ।
दुई देशबीच सम्बन्ध स्थापित गर्ने कूटनैतिक पूर्वाधार कस्तो छ त भारतसंग ?
हाम्रो भारतीय नेता तथा नीति निर्माताहरूसंग निरन्तर छलफल भैरहन्छ । हेर्नुस, श्रीलंकामा राजिव गान्धीले दमन गर्न सेना पठाए तर त्यहाँ शान्ति हुन सकेन । पछि प्रधानमन्त्री चन्द्रिका कुमारातुंगा आउँदा बार्तालाई प्राथमिकता दिइएन, प्रभाकरणको हठका कारण त्यो हुन सकेन । त्यसपछि महिन्दा राजापाक्षेको सरकार आएपछि भारतको सहयोग बिना नै आफ्नो आन्तरिक समस्या समाधान गर्ने नीति अनुसार उसले चीनको भरपूर सहयोग लिन सफल भयो । यता आफ्नै आगनमा चीनको प्रभाव बढ्दै गएकोमा भारतभित्रै साना छिमेकिहरूसंग सम्बन्ध बिग्रिएको आरोप राजिव गान्धी सरकारले सामना गर्नु परेको थियो । अन्तत श्रीलंकाको आर्थिक र भौतिक पूर्वाधारमा चीनको ठूलो प्रभाव रहन पुग्यो । यस्ता घटनाले गर्दा भारत भित्रै पनि चीनको सहयोग दक्षिण एशियामा रोक्न सकिन्न भन्ने कुरा बुझेका छन् । छिमेकिहरूमाथि आफ्नो अनावश्यक रबैया देखाउनु भन्दा पनि परस्पर सहकार्य गर्नु पर्ने बिषयमा व्यापक छलफल चलेको देखिन्छ । नेपालको सन्दर्भमा पनि भारतले त्यसै गरोस भन्ने हामी चाहन्छौ ।
त्यसबेला केपी ओलीले लिएको अडान आफु सरकारमा टिक्न वा जनताको मन जित्नको लागि मात्र हो कि, साँच्चै राष्ट्रबादी हुन् उनी ? भारतको आर्शिबादमा हुर्किएकोमा उनि पनि पर्छन् नि होइन र ?
केपी ओली वास्ताब मै एक निडर, निस्वार्थी राष्ट्रबादी नेता हुन् । यो सवाल तपाईले भने जस्तै उनको कहिँ कतै कमजोरी हुँदो हो त भारतले गरेको नाकाबन्दी ताका त्यो एउटा प्रोपगाण्डाको रुपमा आउने नै थियो । तर यस्तो कतै भेटिएन । यदी बिगतमा उनि पनि भारतकै आर्सिवादमा हुर्किएका थिए भने भारतले त्यो कुरा बाहिर ल्याउँथ्यो होला नि । त्यसो भन्दैमा एमाले बिगतमा कहिँ पनि चुकेको छैन भन्न सकिन्न पनि । तर हिजो कसैले गल्ति गरे पनि त्यसबाट सिकेर बर्तमानमा गरेको राम्रो कामको त प्रसंशा गर्नु पर्ने थियो त्यसो हुन सकेन ।
तपाई कै शब्दमा यस्तो भू–राजनीतिक चेपुवामा परेको अवस्थामा नेपालले कस्तो भूमिका निर्वाह गर्नु पर्ला ?
हामीसंग दुवै देशसंग समानताका आधारमा सन्तुलित कुटनीतिक सम्बन्ध राख्नुको कुनै विकल्प छैन । भारतीय संस्थापनको नेपालप्रतिको सोच लामो समयदेखि उस्तै उस्तै छ । बिपीको आत्मा वृतान्तमा पनि पढ्न पाइन्छ त्यति बेला भद्रकाली मिश्रलाई मन्त्री बनाउन भारतको राष्ट्रपति राजेन्द्र प्रसादले सिफारिश गरेका रहेछन् । भारत नेपालको राजनीतिमा आफ्नो प्रतिनिधि रही रहेको हेर्न चाहन्छ । त्यहाँको गुप्तचर संस्था ‘र’ को रिपोर्टमा अब उनीहरू नेपालीको तराइमा आँखा गाड्ने योजना देखिन्छ । बाख्रो हराको र बाघ कराको जस्तो भाको छ अहिलेको एक मधेसको माग र भारतीय चासो ।
मधेसको सामाजिक विविधतालाई नहेरेर समग्र मधेशलाई एक प्रदेश बनाउनु पर्छ भन्नुमा भारतको राम्रो नियत देखिदैन । यो हाम्रो नितान्त आन्तरिक मामला हो र यसलाई हामीले नै छलफल गरि समाधान गर्नका लागि एउटा असल छिमेकीको रुपमा भारतले सहयोग र सम्मान गर्नु पर्छ । हस्तक्षेप गर्नु हुदैन । नेपालको तर्फबाट पनि द्विपक्षीय सम्बन्ध र आर्थिक सम्बृद्धिका बारेमा निरन्तर छलफल गरि रहनु पर्छ ।
अन्त्यमा संसारको प्रजातान्त्रिक मूल्य र मान्यता हेर्दा पनि बहुमतले निर्णय गर्ने प्रक्रियामा हस्तक्षेप गर्न हुँदैन । अहिलेको यथार्थ यहि हो । विर सहिद आफ्नो रगत र पसिनाले आर्जेको र जोगाएको सिंगो नेपाल हामीले पनि नयाँ पुस्तालाई सग्लो नेपाल जिम्मा लगाउन पर्ने होइन र ? भोलिको नेपालको स्वरूपको बारेमा आउँदो पुस्ताले नै निर्णय गर्ला । समग्रमा भारतीय पक्षबाट अस्वाभाविक हस्तक्षेप हुने गरेको छ त्यसप्रति हामी सचेत हुनै पर्दछ ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...