प्रेम होइन आफ्नै काममा रमाइरहेकी छु – मरिष्का पोखरेल, अभिनेत्री
‘लम्फू’ को वर्कसपमा व्यस्त रहेकी मरिष्कासंग द नेपाली टाइम्स अष्ट्रेलियाका नेपाल प्रतिनिधि कृष्ण भट्टराईको हट टक :

केही म्युजिक भिडियो तथा दुई वटा नेपाली फिल्ममा मात्र अभिनय गरेकी अभिनेत्री हुन् मरिष्का पोखरेल । थोरै चलचित्रम काम गरेर धेरै चर्चा पाउने अभिनेत्रीको रुपमा स्थापित मरिष्काले ‘के म तिम्रो होइन र’ तथा ‘चपली हाइट–२’ मा अभिनय गरेर आफूलाई स्थापित अभिनेत्री बनाइसकेकी छिन् । केही हप्तापछि छायांकन प्रारम्भ हुने ‘लम्फू’ मरिष्काको तेस्रो फिल्म हुने छ । लामो समय जापानमा बिताएकी मरिष्काले त्यहाँ रहँदा आर्ट टिचरको रुपमा काम गरेकी थिइन् । आमाको स्वास्थमा समस्या आएपछि नेपाल फर्किएकी मरिष्का नेपाली फिल्ममा सक्रिय भएपछि यही क्षेत्रमा रमाइरहेकी छिन् । ‘लम्फू’ को वर्कसपमा व्यस्त रहेकी मरिष्कासंग द नेपाली टाइम्स अष्ट्रेलियाका नेपाल प्रतिनिधि कृष्ण भट्टराईको हट टक :
फिल्म रमाइलो कि मोडलिङ ?
म दुबै विधामा उत्तिकै रमाएकी छु । मोडलिङबाट फिल्ममा आएकाले यी दुई मध्ये एउटा विधामा छनोट गर्न गाह्रो छ ।
करियर चाहिं कुन विधामा बनाउने ?
दुबै विधा एक–अर्काका परिपुरक छन् । त्यसैले म मोडल तथा अभिनेत्रीको परिचयलाई एक साथ अघि बढाउँछ ।
म्युजिक भिडियोमा निकै कामुक देखिनु हुन्छ नि ?
दीपक गुरुङको गीत ‘म हराएँ…’ मा म केही हट देखिएँ भन्ने चर्चा चलेको थियो । वास्तवमा त्यसमा मैले सहज अभिनय गरेकी छु । त्यसलाई म भल्गर भन्दिन ।
नयाँ हुनुहुन्छ, बोल्ड दृष्य दिन असहज हुँदैन ?
कलाकार बनेर यो क्षेत्रमा आइसकेपछि नयाँ र पुरानो भन्ने केही पनि हुँदैन । कथाले जे माग्छ, हामीले त्यही गर्नु पर्छ । यसो भन्दैमा अनावश्यक ठाउँमा हामी जथाभावी एक्सपोज पनि हुँदैनौं ।
यौनलाई कसरी परिभाषित गर्नु हुन्छ ?
यो एउटा प्राकृतिक कुरा हो । यो भन्दा बढि म यसबारेमा जानकार छैन ।
तेस्रो फिल्मबाट कत्तिको उत्साहित हुनुहुन्छ ?
‘के म तिम्रो होइन र’ तथा ‘चपली हाइट–२’ पछि अब म तेस्रो फिल्म ‘लम्फू’ मा सक्रिय हुँदैछु । यो फिल्ममा मेरो भूमिका निकै चुनौतीपूर्ण छ । यो फिल्म रिलिज भएपछि मेरो करियरले गति लिन्छ भन्ने कुरामा विश्वस्त छु ।
‘चपली हाइट–२’ बाट कस्तो रेस्पोन्स पाउनु भयो ?
एउटा नौलो प्रयोग गरिएको फिल्म हो चपली हाइट–२ । दर्शकबाट पाएको सकारात्मक रेस्पोन्सकै कारण म अघि बढ्न सफल भएकी हुँ ।
फिल्म क्षेत्रमा बिताएको केही वर्षपछि यो क्षेत्रलाई कसरी मूल्यांकन गर्नु हुन्छ ?
विगतको तुलनामा नेपाली फिल्मले राम्रो प्रगति गरेका छन् । खासगरी नेपाल बाहिर समेत नेपाली फिल्मको माग बढ्नु हामी नेपाली कलाकारका लागि सुखद खबर हो ।
प्रेममा हुनु हुन्छ कि ?
छैन, म प्रेममा छैन । अहिलेसम्म म आफ्नो काममै रमाएकी छु ।
कस्तो विवाह गर्न चाहनुहुन्छ, प्रेम कि मागी ?
प्रेमसंगै मागी (लभ–एरेञ्ज) विवाहको पक्षमा छु ।
कस्ता युवकले आकर्षित गर्छन् ?
केयरिङ, हँसिलो तथा विशेष गरी मभन्दा अग्लो ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...