नेपालको पर्यटकिय सुन्दरता चिनाउदै  एडिलेडमा कार र्यालि सम्पन

(तस्बिर सहित )
-- / प्रकाशित मिति : शनिबार, फाल्गुन २१, २०७३
अष्ट्रेलियामा नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले गत डिसेम्बर महिनामा सिड्निबाट सुरु भएको “भिजिट नेपाल, प्रमोट नेपाल” अभियानको दोश्रो चरणको कार्यक्रम अष्ट्रेलियाको दक्षिण शहर एडिलेडमा सम्पन्न भएको छ । गत फेब्रुअरि २६ तारिखमा दक्षिण अष्ट्रेलियामा बस्ने मनकारि नेपालिहरुले आफ्नो निजि कारमा आंफैले $१३० लगानि गरेर स्वतस्फुर्त रुपमा नेपालको पर्यटन प्रबर्द्धन सम्बन्धि स्टिकर २० गाडिमा टांसेर करिब २ घन्टा एडिलेड शहर परिक्रमा गरिएको थियो । शान्ति र्यालि नाम दिएर  एडिलेडको शहरमा एकै किसिमको स्टिकर टांसेका २० गाडिहरु एकसाथ गुड्दा त्यहांका स्थानियहरुले चासो मानेर हेरेका थिए । कारमा टांसिएको उक्त स्टिकरमा नेपाल घुम्न जाउं भन्ने सन्देश सहित गौतम बुद्ध, सगरमाथा ,र्याफ्टिगं, एकसिंगे गैंडा , जिबित देबि कुमारि लगायतको आकर्षक चित्र देख्न सकिन्छ ।
छोटो समयमै सामाजिक सन्जाल मार्फत २० जना अभियन्ताहरु भेला गर्न सकेकोमा आंफुलाइ एकदम खुशि लागेको एडिलेड संयोजक छबि सापकोटाले द नेपाली टाईम्स अस्ट्रेलिया संगको कुराकानिमा बताए । “बिदेशमा भए पनि नेपालको लागि केहि गरौं भन्ने सपना बोकेर बसेका हामि यसरि भेला भएर यो एेतिहासिक अभियानको अभियन्ता बन्न पाएकोमा गौरवान्बित छौं ” उनले थपे।
 
  
कार्यक्रमलाई सफल बनाउन सिड्निबाट नेपालि युथ फोरम नाइफाका अध्यक्ष सागर अधिकारि , जय नेपाल समुहका संयोजक बिष्णु सापकोटा, जय नेपाल समुहका सचिब सुदिप भन्डारि र रोशन महत एडिलेडको कार्यक्रम सहभागी थिए । भने एडिलेड बाट छबि सापकोटा, अशोक केसि , नबिन कंडेल, गोबिन्द राना, दिपक लामा , निश्चल शर्मा, रामकृष्ण निरौला , प्रतिष्ठा गौतम , टुंगा बानिया , प्रदिप खत्रि , झबि अर्याल, आरसि थापा, शुसिल कंडेल, युवराज कंडेल, रुपक बर्तौला ,मिलन दाहाल, उदय पाठक, प्रजिता गेलाल, कृष्ण गौतम लगायतले आफ्नो कारमा स्टिकर लगायर र्यालिमा सक्रिय सहभागिता जनाएका थिए ।सिड्नी र एडिलेडको कार्यक्रम पश्चात अष्ट्रेलियाका बिभिन्न शहरमा यो अभियान लिएर जाने आयोजक संस्था नाइफा र जय नेपालले संयुक्त बिज्ञप्ति जारि गरि जनाएको छ ।