निस्प्रभका शब्द र दावाको स्वरमा ‘त्यसै उज्यालो मुहार थियो…’

(भिडियो सहित)
-- The NTA / प्रकाशित मिति : सोमवार, फाल्गुन २३, २०७३
कबि निस्प्रभ सजीका शब्दहरु र दावा गुरुङको स्वरमा रहेको “त्यसै उज्यालो मुहार थियो  ”  बोलको गजलको म्युजिक भिडियो हालै युट्युब मार्फत सार्बजनिक गरिएको छ। बिगत लामो समय देखि अस्ट्रेलियामा बस्दै आइरहेका कबि निस्प्रभ सजीले यस अगाडी पनि दर्जनौ गीत र गजलहरुमा आफ्नो जादुमयी शब्दहरुले संगीत प्रेमीको मन छोई सकेका छन् भने दावाको स्वरमा सजिएका आफ्ना शब्दहरुलाई अझै धेरै दर्शक र श्रोताहरुले मन पराउने कुरामा सजी बिश्वस्त छन् ।
अनुप चापागाइँको निर्देशनमा निर्मित यस म्युजिक भिडियोको गीतमा कल्याण सिंहले संगीत भरेका छन् भने चर्चित अभिनेत्री केकी अधिकारी र पुष्पल खड्काको जिबन्त अभिनय देख्न पाईन्छ।