सप्तरीमा नयाँ सिडिओ
जनपथ र शसस्त्रमा पनि नयाँ एसपी

काठमाडौं–गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारीमा कृष्णबहादुर कटवाललाई नियुक्त गरेको छ । अर्खाखाँचीका प्रजिअ कटवाललाई सप्तरी सरुवा गरिएको मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए । त्यसैगरी सप्तरीको नेपाल प्रहरीको प्रमुखमा उपरीक्षक अनुराग द्विवेदी र सशस्त्र प्रहरी बलको उपरीक्षकमा रामआधार झालाई खटाइएको छ ।
यसअघि बिहान मन्त्रालयले सप्तरीका प्रजिअ उद्धव तिमिल्सिना, नेपाल प्रहरीका उपरीक्षक दिवस लोहनी र सशस्त्र प्रहरी बलका उपरीक्षक जयबहादुर खड्कालाई राजधानी फिर्ता बोलाएको थियो ।
मन्त्रालयका प्रवक्ता पन्थीले सप्तरीको अवस्था असहज भएकाले उनीहरुलाई फिर्ता बोलाएर नयाँ टोली पठाइएको बताए ।
हिजो नेकपा एमालेले आयोजना गरेको मेची–महाकाली अभियानमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अवरोध गर्दा प्रहरीसँगको झडपमा गोली लागी मोर्चाका तीन कार्यकर्ताको मृत्यु भएको थियो ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...