सप्तरी घटनाको विरोधमा नेपाल बन्द घोषणा

काठमाडौं- सप्तरी घटनाको विरोधमा संघीय गठवन्धनले आगामी फागुन २७ गते शुक्रवार नेपाल बन्द गर्ने घोषणा गरेको छ ।
त्यसअघि, फागुन २६ गते बिहिबार काठमाडौं सहित देश भरका सदरमुकाममा विरोध सभा गर्ने निर्णय गरेको छ । गठवन्धनले ७ दिन भित्र आफ्ना २६ र ११ बुँदे माग पुरा नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ।
यस अघि सोमबार साँझ बसेको मधेसी मोर्चाको बैठकले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले मोर्चाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोलाई टेलिफोन गरेर समर्थन फिर्ता नलिन आग्रह गरेका थिए ।
प्रधानमन्त्रीले केही दिन भित्रै माग पुरा गर्ने आश्वासन दिएकोले मंगलबार लिने भनेको समर्थन फिर्ताको लागि ७ दिनको समय दिइएको सद्भावना पार्टीका महासचिव मनिष सुमनले बताए । गठवन्थनले सप्तरी घटनाको दोषीलाई कारबाही गर्न र घाइतेको उपचार गर्न सरकारसँग माग गरेको छ । गठवन्धनको मंगलबार बसेको बैठकले सप्तरी घटनाको निन्दा गरेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



