सहमतिपछि सीमा क्षेत्र शान्त

धनगढी– कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा २२ वर्षीय गोविन्दप्रसाद गौतमको हिजो बिहिबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर मृत्यु भएपछि सीमा क्षेत्रको तनाव कम गर्न नेपाल र भारतका अधिकारीबीच तीनबुँदे सहमति भएको छ ।
घटनापछि भारतको उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लाका डिएम आकाश दीप र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालबीच भएको छलफलपछि तीन बुदे सहमति भएको हो ।
सहमति भएपछि सीमा क्षेत्रमा देखिएको तनाव पनि मन्थर भएको छ । दुई देशको विवादित सीमा क्षेत्रमा दुबै देशको संयुक्त सर्भे टोलीले रेखाङ्कन गरी सीमा विवाद हल गर्ने, एसएसबीको गोली प्रहाराबट नेपालीको मृत्यु भएको घटनाको छानबिन गरेर दोषीमाथि कारबाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको कञ्चनपुरका प्रजिअ खनालले जानकारी दिएका छन् ।
स्थानीयस्तरमा देखिने सीमा समस्या नेपाली सशस्त्र प्रहरी र एसएसबीले समन्वय गरेर हल गर्ने तथा माथिल्लो निकायमा विवादबारे समयमै जानकारी गराउने पनि सहमति भएको छ ।
यसअघि नेपाली भूमिका कल्भर्ट बनाउने क्रममा भारतीय सुरक्षाकर्मीले अवरोध उत्पन्न गर्न थालेपछि हिजो बिहानदेखि त्यहाको स्थिती तनावग्रस्थ थियो । विवाद बढ्दै गएपछि भारतीय प्रहरीले चलाएको गोली लागेर एक जना नेपालीको मृत्युपछि उक्त क्षेत्र थप तनाबग्रस्त बनेको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...