बिशाल गौतमको “यो सास पनि …… ” सार्बजनिक 

-- The NTA / प्रकाशित मिति : शनिबार, फाल्गुन २८, २०७३
अस्ट्रेलियालाई कर्मभुमि बनाएर संगीत सिर्जनामा रमेका धेरै सर्जकहरुका धेरै सिर्जनाहरु बिच बिशाल गौतमको “यो सास पनि…… ”  बोलको गीतमा एउटा भिन्न र स्तरिय म्युजिक भिडियो हालै युट्युब मार्फत सार्बजनिक भएको छ। बिशाल  गौतम कै शब्द र संगीतको यस गीतको म्युजिक भिडियोलाई युवा एबम प्रतिभाशाली निर्देशक श्याम सुन्दर गिरिले निर्देशन गरेका छन् । गीतका शब्दहरुलाई एकदमै शशक्त ढंगले पर्दामा उतार्न निर्देशक गिरि सफल देखिन्छन्। श्री पराजुलीको सिनेमाटोग्रफि, पुजा थापाको मेकअपमा अस्ट्रेलिया निबासी मोडेलहरु प्रकाश खरेल र आबुशा ढकालको  जिबन्त अभिनय देख्न पाईन्छ ।
टिमका सबै सदस्यहरुको उतिकै मेहनतबाट यति राम्रो म्युजिक भिडियो बन्न सफल भएकोमा आफु सबै टिमका सदस्यहरु प्रति कृतज्ञता व्यक्त गर्दै, श्रोता र दर्शकको सल्लाहा सुझाबलाई आत्मसाथ गर्दै आगामी दिनहरुमा पनि अगाडी बढ्ने निर्देशक गिरिले द नेपाली टाईम्स अस्ट्रेलियासंग को कुराकानीमा बताए।