नेपाल पाँच विकेटले पराजित

काठमाडौं-विश्व क्रिकेट लिग च्याम्पिनयसिपको पाँचौ चरण अन्तरगत त्रिवि क्रिकेट मैदानमा केन्यासँग भएको खेलमा नेपाल पाँच विकेटले पराजित भएको छ ।
वर्षाका कारण ३८ ओभरमा छोट्याएको खेलमा नेपालले ३६ ओरभमा ११२ रना बनाएको थियो । नेपालको इनिङ नसकिदै पानी परेपछि ९ ओभर घटाइएको थियो ।
२९ ओभरमा १०४ रनको लक्ष्य पाएको केन्याले पाँच विकेट गुमाएर ८० रन बनाउदा पानी परेको थियो । त्यसपछि फेरी ३ ओभर घटाइएको थियो । २६ ओभरमा ९४ रनको लक्ष्य पाएको केन्याले २४१ ओभरमा ५ विकेट गुमाउदै जित हासिल गरेको हो । केन्याका लागि आरआर पटेलले अभिजित ३४ र सी ओवियाले २४ रन बनाए ।
नेपालका लागि सागर पुन र सन्दिप लामिछानेले दुई दुई तथा बसन्त रेग्मीले एक विकेट लिए । कप्तान पारश खड्का खेल्न नसकेपछि उपकप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा नेपाली टोली मैदानमा उत्रिएको हो । नेपालले ३६ ओभरमा ८ विकेट गुमाएर ११२ रन बनाएको थियो ।
नेपालका लागि ज्ञानेन्द्र मल्ल २७, सुनिल धमला ३, सागर पुन १०, दिपेन्द्र सिंह ऐरी १९, शरद भेषवाकर ३, विनोद भण्डारी ४, महबुबु आलम २, बसन्त रेग्मी ६ रन बनाएर आउट भएका छन् । शक्ति गौचनले १८ र सोमपाल कामीले १५ रन बनाएका छन् । नेपालको केन्यासँग अर्को खेल ३० फागुनमा त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...