रोजेन र स्नेहालाई फेस अफ द वल्र्डको उपाधि

काठमाडौं – आगामी नोभेम्बर महिनामा बेलायतमा सम्पन्न हुने फेस अफ द वल्र्ड–२०१७ मा नेपालको प्रतिनिधित्व गर्ने दुई मोडल छनोट गरिएको छ । काठमाडौंमा सम्पन्न फेस अफ द वल्र्ड नेपाल–२०१७ मा काठमाडौंका रोजेन सुवेदी तथा महोत्तरीकी स्नेहा जर्घा विजयी भएका हुन् ।
उक्त प्रतियोगिताको वर्ष २०१६ को संस्करणमा पियुष कर्णले नेपालको प्रतिनिधित्व गर्दै सेकेण्ड रनर्स अप ईन्टरनेशनल तथा बेस्ट रनवे एवार्ड जितेका थिए । यतिबेला उनी फेस अफ द वल्र्डको नेशनल डाइरेक्टरको रुपमा आवद्ध छन् ।
चलचित्र अभिनेत्री नम्रता श्रेष्ठ तथा पियुष कर्णद्वारा कोरियोग्राफी गरिएको उक्त प्रतियोगितामा सागर लामा तथा मेघा प्रधानले फस्र्ट रनर्स अपको उपाधि जिते भने रिजन श्रेष्ठ तथा पिंकी जोशीले सेकेण्ड रनर्स अपमा चित्त बुझाए । प्रतियोगितामा फस्र्ट रनर्स अपको उपाधि विजेता सागर तथा मेघाले बर्मिङ्घम फेसन विकमा क्याटवाक गर्ने अवसर प्राप्त गरेका छन् ।
एमटिभी स्पिटभिल्लाकी विजेता मिया लाक्रा तथा मिस नेपाल–२००० उषा खड्गीसहितको निर्णायक समुहले विजेताको छनोट गरेको हो । होरिजन मिडिया नेपालले आयोजना गरेको उक्त प्रतियोगितामा स्नेहा जर्घा तथा सागर लामाले बेस्ट ट्यालेन्ट, मेघा प्रधान तथा रोजेन सुबेदीले बेस्ट एडिटोरियल, सागर लामा तथा पिंकी जोशीले बेस्ट डेस, सागर लामाले बेस्ट रनवे, स्नेहा जर्घाले बेस्ट क्याटवाक, ऐश्वर्या शर्माले बेस्ट डिसिप्लिन, निशान्त ठाकुर तथा ऐश्वर्या शर्माले बेस्ट पर्सनालिटी, ख्याती शर्मा तथा रोजेन सुवेदीले बेस्ट हेयर, पियुष गुप्ता तथा मेघा प्रधानले फोटोजेनिक, रिजन श्रेष्ठले बेस्ट फिजिक्स, स्नेहा जर्घाले बेस्ट फिगर, मेघा प्रधानले बेस्ट स्विमसुट तथा पिंकी जोशीले भ्युअर्स च्वाइस एवार्ड जितेका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...