आन्दोलनमै जाने मोर्चाको निर्णय
सरकारलाई अवक्षा र असहयोग गर्ने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालको सीमाङ्कनलाई थाती राखेर परिमार्जनसहित संविधान संशोधन विधेयक पारित गर्ने प्रस्ताव मधेशी मोर्चाले अस्वीकार गरेको छ ।
बुधवार बसेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले सरकारलाई असहयोग र अवज्ञा गर्ने कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
मोर्चाको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय प्रदेशको सीमांकन हेरफेरको मोर्चाको माग तत्काललाई स्थगन गरेर अरु बुँदा संशोधन गरी निर्वाचनमा जान मोर्चालाई आग्रह गर्दै सरकारलाई दिएको समर्थन फिर्ता नलिन भनेका थिए ।
तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ–सरकार र निर्वाचन आयोगद्वारा घोषित निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम र स्थानीय तहको नया संरचना कार्यान्वयनमा पूर्णतस् असहयोग गर्ने निर्णय गरिएको छ ।
सप्तरी घटनापछि सरकारलाई समर्थन गर्नुपर्ने कुनै आधार बाँकी नरहेको भन्दै बैठकमा सहभागी सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बैठकले सरकारको अवज्ञा गर्ने र आन्दोलनमा जाने निर्णय गरेको जानकारी दिए ।
मोर्चाले १५ चैत (२८ मार्च) मा सबै जिल्लाका निर्वाचन आयोगका कार्यालय घेराउ गर्ने निर्णय गरेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...