नारायणगढ–मुग्लिन आवागमन थप प्रभावित हुने

काठमाडौं- वर्खा लाग्नुअघि नै नारायणगढ–मुग्लिन सडक खण्डको भित्तो काट्ने काम सम्पन्न गर्न सवारी आवागमन दैनिक ६ घन्टा रोकिने भएको छ । हाल बिहान १०ः३० बजेदेखि अपराह्न ३ बजेसम्म सवारी रोकेर काम हुँदै आएकोमा मार्च २८ देखि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सवारी रोकेर काम गरिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख शिव खनालका अनुसार सडक आवागमन ६ घन्टा रोकेर काम गरिने छ । ६ घण्टा रोक्दा चार घन्टा काम गर्न पाइने उनी बताउँछन् ।
स्थानीय प्रशासनसँग समन्वय गरेर वर्षात् अगाडि नै भित्तो काट्ने लगायत महत्वपूर्ण संरचनाका काम सम्पन्न गर्न आवागमन समय थप रोकेर काम गर्न लागिएको खनालले बताए । उक्त सडक हुँदै दैनिक सात हजारको हाराहारीमा सवारी आवागमन गर्छन् । प्रजिअ नारायणप्रसाद भट्टले वर्षातको समयमा थप समस्या नआओस् भन्नाका लागि १५ जेठभित्र मुख्य संरचनाका काम सम्पन्न गर्न दैनिक ६ घन्टा आवागमन रोकेर काम गर्न निर्देशन दिइएको बताए । उनका अनुसार वर्षात्अघि काम नभ्याएमा निकै ठूलो समस्या आउने बताउँदै उनले ठेकेदार कम्पनीले उपकरण र जनशक्ति थप गरी कामलाई तीव्रता दिने छ ।
पहिलो सम्झौतानुसार आउँदो वैशाखको दोस्रो साताभित्र तीन वटै खण्डको काम सम्पन्न गर्नुपर्ने हुन्छ । सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का दिइएकामा हालसम्म ४१ प्रतिशत मात्रै काम भएको छ । भूकम्प, नाकाबन्दीलगायत कारण देखाउँदै निर्माण कम्पनीले थप समय माग गरेपछि निर्माण सम्पन्न गर्नुपर्ने समय दुई पटक गरेर आठ महिनासम्म बढाइएको छ । सो सडकको आँपटारीदेखि दासढुङ्गासम्म भारतीय ‘बिएलए’ तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय ‘उड हिल’ तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको ‘सुप्रिम’ र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ । उनीहरुले पहिलो खण्डमा ३५ प्रतिशत, दोस्रो खण्डमा ५० प्रतिशत र तेस्रो खण्डमा ३७ प्रतिशत मात्रै काम सम्पन्न गरेका छन् ।
पहिलो खण्डमा भित्तो काट्ने काम छैन भने दोस्रो र तेस्रो खण्डमा भित्तो काट्नुपर्ने जटिल काम छ । खनालका अनुसार दोस्रो खण्डको घुमाउनेमा एक सय मीटर र १६ किलोमा चार सय मीटर भित्तो काट्नुपर्ने हुन्छ भने तेस्रो खण्डको जलवीरेमा दुई सय मीटर र चेपाङ डाँडोमा पाँच सय मीटर भित्तो काट्नुपर्ने हुन्छ ।
५५ मीटरसम्म अग्लो चट्टानी पहाड काट्नुपर्ने हुन्छ । सो क्षेत्रमा सडकको चौडाइ पाँच दशमलव पाँच मीटर मात्रै छ । भित्तो काटेर नौ मीटर फराकिलो बनाउनुपर्ने हुन्छ । कामलाई तीव्रता दिन उपकरण र जनशक्ति थप गरिएको छ । एक्साभेटर मात्रै २४ वटा प्रयोग भएको खनालले जानकारी दिए । पहिलो खण्डमा आउँदो हप्तादेखि र दोस्रो खण्डमा चैतको अन्तिम सातादेखि कालोपत्रे सुरु हुने छ ।
सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मीटर फराकिलो र १६ किलोदेखि आँपटारसम्म ११ मीटर फराकिलो सडक निर्माण गरिँदैछ । विश्व बैंकको रु। दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । एसियाली राजमार्गअन्तर्गतको एएच४टु खण्डमा नारायणगढ–मुग्लिन सडकखण्ड पर्छ ।
नेपालको कोदारी हुँदै चीन तथा काठमाडौँ, नागढुङ्गा, नौबिसे, मुग्लिन,नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुज्जफरपुर हुँदै जाने सो सडक एसियाली राजमार्गको एक खण्ड हो ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...