सिड्नीमा “लप्पन छप्पन”

-- The NTA / प्रकाशित मिति : बुधबार, चैत्र ९, २०७३
नेपाली सिने उद्योग एक पछि अर्को सफल चलचित्र दिन सफल दयाहाङ राई र सौगात मल्लको अर्को उत्कृष्ट चलचित्र “लप्पन छप्पन” नेपालमा रिलिज भएकै भोलि पल्ट अर्थात २५ मार्च शनिबारको दिन सिडिनी हर्स्टभिलको सिभिक थिएटरमा प्रिमियर हुदैछ । साँझ ५.३० बजेको लागि समय तोकिएको उक्त चलचित्रको पर्दर्शनी दर्शकको माग बमोजिम थप बढ्न सक्ने भए पनि हाललाई भने उक्त एक शो मात्र तय गरिएको चलचित्र पर्दर्शक निम्तो इभेन्ट्सले जनाएको छ ।
स्विजरल्याण्ड, नेदरल्याण्ड र बेल्जीयम लगायतका देशहरुमा छायांकन गरिएको यस चलचित्रमा दयाहाङ राई र सौगात मल्ललाई वर्षा शिवाकोटीले नायिकाको भूमिकामा साथ दिएकी छन् । मुकुन्द भट्टको लेखन एबं निर्देशन एक्सनप्रद र सस्पेन्स कथा बस्तुले भरिएको यस चलचित्रमा अर्पण थापा, श्याम श्रेष्ठ, शिब खरेल, प्रकाश जंग शाह, सुन्दर श्रेष्ठ शान्ति भट्ट लगाएतका कलाकारको अभिनय रहेको छ ।
२५ डलर टिकट दर तोकिएको यस चलचित्रको सिड्नीको पर्दर्शनी र टिकटको लागि केहि जानकारी चाहिएमा  प्रज्ञान- 0450 883 327, प्रज्वल- 0432 055 740, फुर्बा- 0416 918 590, वा उमेश- 0433 038 233 लाई सम्पर्क गर्न सकिनेछ त्यसै गरि TicketPlus  मा लग-इन गरि सिधै टिकट किन्ने व्यवस्था समेत गरिएको छ।