प्रधानमन्त्री दाहाल आज चीन प्रस्थान गर्दै
कुनै पनि सम्झौतामा हस्ताक्षर नहुने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको हाइनानमा हुने बोआओ फोरमको उद्घाटन समारोहमा भाग दिन आज बिहिबार चीन प्रस्थान गर्दैछन् । एक साता लामो भ्रमणमा प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पनि भेट्ने कार्यक्रम छ । त्यसक्रममा प्रधानमन्त्रीले राजनीतिक घेटघाट पनि गर्नेछन् ।
प्रधानमन्त्री भ्रमणका दौरान कुनै पनि सहमतिमा हस्ताक्षर हुने कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालयले स्पस्ट पारेको छ । १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रचण्ड आज बिहीबार राति १० बजे हाइनान प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको टोलीमा पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा. प्रकाशसरण महत, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, मन्त्रालयका उच्च अधिकारी र सचिवालयका कर्मचारी सामेल छन् ।
बोआओमा प्रधानमन्त्री दाहालले मार्च २५ मा गते सम्वोधन गर्ने कार्यक्रम छ । उद्घाटन सत्रमा सहभागि भएपछि प्रधानमन्त्री सोही दिन बेइजिङ प्रस्थान गर्ने कार्यक्रम छ । मार्च २४ मा मा प्रधानमन्त्रीले चिनियाँ उपप्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम छ ।
बेइजिङमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग भेट गर्ने कार्यक्रम छ । उनले मार्च २६ गते नेपाल-चीन सम्वन्धबारे बेइजिङको फरेन स्टडिज युनिभर्सिटिमा सम्वोधन गर्ने कार्यक्रम छ । बेइजिङपछि प्रधानमन्त्री तिब्बत जाने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डसहितको टोली मार्च २९ का दिन स्वदेश फर्कनेछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...