नेपालका लागि नयाँ भारतीय राजदूतको आगमन

सोमबारदेखि कार्यभार सम्हाल्ने
-- ?>

काठमाडौं– नेपालका लागि नवनियुक्त भारतीय राजदूत मन्जिभ सिंह पुरी काठमाडौँ आइपुगेका छन् । निवर्तमान राजदूत रणजित रेको कार्यकाल सकिएपछि नयाँ राजदूतका रूपमा मन्जिभ सिंह पुरी काठमाडौं आएका हुन् ।
सोमबार राजदूत पुरीले राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि कार्यभार सम्हाल्ने छन् । नवनियुक्त राजदूत पुरीले कुटनैतिक सेवामा लामो अनुभव संगालेका छन् ।