प्रधानमन्त्रीको नेपालमा लगानी गर्न आग्रह

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानीका प्रशस्त क्षेत्र र अवसर रहेको बताउँदै एशियाका उद्यमी व्यापारीलाई लगानी गर्न आग्रह गरेका छन् । एशियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनलाई आज शनिवार चीनको बोआओमा सम्बोधन गर्दै प्रधानमन्त्रीले जलविद्युत, पूर्वाधार विकास र पर्यटनजस्ता लाभका क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री दाहालले ‘भूमण्डलीकरण र स्वतन्त्र व्यापारः एशियाली दृष्टिकोण’ विषयक सम्मेलनमा समृद्धिको साझा लक्ष्य प्राप्तिमा एसियाका नेतामा दूरदृष्टि, विशाल हृदय र साहस रहनुपर्ने धारणा राखेका हुनन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वलाई अझ समृद्ध बनाउन समावेशिता, सहकार्य, स्वतन्त्रता र मतमतान्तरको अन्त्य अपरिहार्य भएको बताएका छन् । प्रधानमन्त्री दाहालले एशियाका धेरै मुलुक आजसम्म पनि भूमण्डलीकरणबाट लाभान्वित हुन नसकेको तथा वस्तु र सेवाको निर्वाध प्रवाह हुन नसकेकाले ती राष्ट्र विकासका दृष्टिले पछि परेको बताएका छन् ।
प्रधानमन्त्री दाहालले विकासको प्रमुख शक्ति र विश्व अर्थतन्त्रको मेरुदण्ड भूमण्डलीकरण भएको तथा त्यसले लाखौँ जनतालाई गरिबीबाट उठाएको धारणा व्यक्त गरे । नेपालजस्ता अल्पविकसित, भूपरिवेष्टित राष्ट्रका लागि विश्वबजारसम्म भन्साररहित पहुँच, व्यापार क्षमता निर्माणका साथै व्यापार सहजीकरणमा विकसित राष्ट्रहरूले सघाउनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...