आमाको तिथिमा गीतकार गुरुङको गीत र भिडियो

काठमाडौं- अमेरिका निवासी गीतकार तथा साहित्यकार अम्बिका गुरुङले आफ्नी स्वर्गीय आमा कृष्णकुमारी गुरुङको २० औं पूण्यतिथीका अवसर पारेर काठमाडौंको एउटा वृद्धाश्रममा आफ्ना दुई गीत सार्वजनिक गर्नु भएको छ ।
शान्तिनगरस्थित निःसहाय सेवा सदन तथा जेष्ठ नागरिक आवास गृहमा आयोजित समारोहमा गीतकार गुरुङले गृहमा आश्रित करिव ५० जना वृद्ध–वृद्धालाई भोजन गराउनुका साथै उनीहरुको स्वास्थोपचारका लागि नगद ५० हजार एक सय रुपैया सहयोग गर्नु भएको छ ।

समारोहमा गीतकार गुरुङद्वारा रचित ‘आमा…’ शीर्षकको गीतका अडियो सार्वजनिक गरियो । उक्त गीतमा गायक रामकृष्ण ढकालको स्वर तथा प्रकाश लेप्चाको संगीत निर्देशन छ । सोही समारोहमा गीतकार गुरुङकै शब्द रचनाको ‘मैले फूल भनेर…’ गीतको म्युजिक भिडियो पनि प्रिमियर गरियो । गायिका रीमा गुरुङ होडाको स्वरको उक्त गीतको म्युजिक भिडियो अमेरिकामै निर्मँण गरिएको छ, जसको निर्देशन अनिषा के क्षेत्रीले गरेकी हुन् । भिडियोमा अभिनेता राजबल्लभ कोइराला तथा अभिनेत्री सुनिक्षा मैनालीले अभिनय गरेका छन् । भावना उप्रेती क्षेत्रीले पनि भिडियोमा अभिनय गरेकी छिन् ।
उक्त गीतमा पनि प्रकाश लेप्चाकै संगीत निर्देशन तथा संगीत संयोजन छ । यो एल्बम गीतकार गुरुङको ‘भाव सागर–१’ एल्बममा समावेश छ । परी ड्रिम टिमले उक्त भिडियो निर्माण गरेको हो । सुरेश दर्पण पोखरल उक्त भिडियोका छायांकार हुन् भने अनन्त घिमिरेले भिडियो सम्पादन गरेका हुन् ।
यस्तो छ भिडियो :
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...