कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन

काठमाडौं– नेपाली कांग्रेसले महाधिवेशन भएको एक वर्षपछि ‘केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आइतबार प्रारम्भ भएको केन्द्रीय समिति बैठकले पहिलो कार्यसूचिमाथि छलफल गर्दै ‘केन्द्रीय कार्यसम्पादन समितिमा रहने सदस्यको टुङ्गो लगाएको केन्द्रीय सदस्य रमेश रिजालले जानकारी दिएका छन् ।
कार्यसम्पादन समिति बनेपछि पार्टीको विधानअनुसार वरिष्ठताका आधारमा २२ केन्द्रीय सदस्य र सात पदाधिकारीसहित २९ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको हो ।
महाधिवेशन भएको एक वर्षसम्म पनि कार्यसम्पादन समिति गठन नहुँदा पार्टीका सबै छलफल र निर्णयका लागि केन्द्रीय समिति बैठक बोलाउनुपर्ने बाध्यता थियो । कार्यसम्पादन समितिले पूर्ण बैठकबाट पारित गर्ने गरी तत्कालका लागि निर्णय लिन सक्ने विधानले व्यवस्था गरेको छ ।
कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, चित्रलेखा यादव रहनेछन् ।
त्यस्तै समितिमा केन्द्रीय सदस्यहरु पूर्णबहादुर खड्का, डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, फरमुल्ला मन्सुर, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, एनपी साउद रहेको नेता रिजालले जानकारी दिए ।
यसैबीच नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकले महेश आचार्यको संयोजकत्वमा स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारी समिति गठन गरेको छ । बैठकले स्थानीय तह निर्वाचनका लागि परिचालन समिति गठन गर्ने, निर्वाचनमा उम्मेदवार चयन गर्ने प्रक्रिया, पार्टीका भ्रातृ एवम् शुभेच्छुक संस्थालाई निर्वाचनमा परिचालन गर्नेलगायत विषयमा छलफल गरेको छ । त्यस्तै भर्खरै कार्यान्वयनमा आएको स्थानीय तहअनुसार पार्टीको साङ्गठनिक संरचना बनाउने निर्णय समेत गरेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...